बलिउडका बिगबी अमिताभ बच्चन र उनकी धर्मपत्नी जया बच्चनको विवाह भएको ४७ वर्ष पुगेको छ । आफ्नो बिवाहको बर्षगा’ठमा अमिताभले सोसल मिडियामा एक पोष्ट सेयर गर्दै आफ्नो कुन परिस्थितिमा विवाह भएको थियो भनेर परानो बास्तविता खुलाएका छन् । ट्वीटरमा बिगबीले आफ्नो विवाहको थुप्रै तस्विरहरु पनि सेयर गर्दै आफूले आफ्नो बुवाको कुरा मानेर विवाह गरेको बताएका छन् ।
अमिताभले पोष्टमा लेखेका छन् ‘आज ३ जून १९७३ मा ४७ वर्ष पूरा भएको छ । यदि ‘जंजीर’ सफल भयो भने हामी केहि साथीहरुसँग पहिलो पटक लन्डन जाने भनि नि’र्णय गरेका थियौं ।
तर, मेरो बुवाले सोध्नुभयो कि को सँग जाँदैछौ भनेर । जब मैले बताएँ तब उहाँले भन्नुभयो जानु छ भने पहिला उनीसँग विवाह गर्नुपर्छ न’त्र जान पाउँदैनौ । त्यसैले मैले उहाँको आज्ञा पालन गरि विवाह गरे ।’ एजेन्सी ।
Recent Comments