logo
Advertisement

कृष्ण भक्त अनमोल केसीले लकडाउनमा भागवत गीता पढिअके भने अहिले पढ्दैछन् महाभारत

२२ जेष्ठ २०७७, बिहीबार मा प्रकाशित

लकडाउनले धेरैलाई वाक्क लगाईसकेको छ । कयौ अव लकडाउन भएतापनी हालै सामाजिक दुरी कायमा गरी हिंड्न वाध्य भएका छन् । तर दुई महिना भन्दा लामो समय सबै मान्छे कोरोनाको डरले घरमै बस्न वाध्य भएका थिए ।

सधैंको डौड धुपमा हन्दा लकडाउनमा घर बस्दा धेरैले नयाँ अनुभब लिएका छन् । यो समय कोही पुस्तक पढेर समय बिताइरहेका छन् भने कोही खानेकुरा पकाउन सिक्दैछन्। केही कलाकारले लकडाउनकै समयमा सामाजिक सेवालाई पनि निरन्तरता दिदै आएका छन् ।

यसै बिचमा नायक अनमोल केसी उनी अभिनीत फिल्म ‘ए मेरो हजुर-४’को छायांकन रोकिएपछि घरमै छन्। उनी लकडाउनको समयमा धार्मिक पुस्तकहरू पढिरहेका छन् । ५ वर्षदेखि भगवान कृष्णको भक्त रहेका नायक केसीले लकडाउनको समयमा आफूले ‘भागवत गीता’ पढिसकेको एक संकारमाध्यमले जनाएको छ । उक्त रिपोर्टका आधारमा –‘भागवत गीता पढ्दा मनलाई शान्ति मिल्छ । जीवनलाई सामान्य तरिकाले बिताउनुपर्छ भन्ने मैले सिकेको छु ‘ अनमोल बताउछन् ।

अनमोल अहिले ‘महाभारत’ पढिरहेका छन् । निर्जला एकादशीको दिनमा अनमोलले बुढानीलकण्ठमा रहेको कृष्ण मन्दिर परिसरमा पुगेर २४ घन्टा पानी पनि नखाई व्रत बसेका थिए। शाकाहारी नायक केसी भन्छन्-‘भागवत गीता, महाभारत पढिरहँदा मैले जीवनको परिभाषा बुझेको छु । जीवनलाई सोच्ने तरिका बदलिएको छु । मन शान्त र एकाग्र भएको छ ।’

Recent Comments

Top