logo
Advertisement

‘वादा रहा सनम’ जस्ता चर्चित गीत लेख्ने लेखकको हृदय रोगका कारण मृत्‍*यु

२२ जेष्ठ २०७७, बिहीबार मा प्रकाशित

भारतमा बलिडका प्रख्यात् गीतकार अनवर सागरको बुधवार नि*धन भएको छ। नवभारत टाइम्सका अनुसार मुम्बाईस्थित कोकिलाबेन धीरुभाइ अम्बानी अस्पतालमा ७० वर्षीय सागरको बुधबार नि*धन भएको हो। तर उनको नि*धनको कारण भने अहिले सम्म पत्ता लाग्न नसकेको समाचारमा उल्लेख छ।

आईपीआरएस (इन्डियन पर्फोमिङ राइट सोसाइटी लिमिटेड) ले ट्विट गर्दै उनको नि*धन पुष्टि गरेको छ। ट्विटरमा भनिएको छ, ‘अनुभवी गीतकार तथा आईपीआरएसका सदस्यसमेत रहेका अनवर सागरजीको नि*धन भएको छ। उहाँ वादा रहा सनमजस्ता गीतका कारण परिचित हुनुहुन्छ। उहाँले विजय पथ र यारानाजस्ता सफल चलचित्रका लागि पनि गीत लेख्नुभएको छ। यो अप्ठ्यारो समयमा हाम्रो प्रार्थना उहाँको परिवारको साथमा छ। उहाँको आत्माले शान्ति पाओस्।’

उनले लेखेका धेरै गीतहरु चर्चामा छन् । उनले विजय पथ र यारानालगायतका फिल्ममा पनि गीत लेखेका छन् । दिवंगत अनवर सागरका छोरा सुल्तान सागरले बिहान स्वास्थ्य खराब भएपछि उनलाई सुजोय, मोर्डन, क्रिटी केयरजस्ता थुप्रै अस्पतालमा लगिएको तर कसैले पनि ठाउँ खाली नभएको भन्दै उपचार गर्न अस्विकार गरेको बताए ।

पछि उनलाई कोकिलाबेन धीरुभाई अम्बानी अस्पताल पुर्याएको र त्यतिबेलासम्म उनको धड्कन बन्द भएको र हृदयघातका कारण मृ*त्यु भएको उनले बताए । उनलाई बुधबार १२ बजे मृ*त घोषणा गरियो । गायक तथा इन्डियन पर्फर्मिङ राइट सोसाइटीका बोर्ड सदस्य सैयद अहमदले अनवर सागर लामो समयदेखि मुटुरोग सम्बन्धि रोगसँग जुधिरहेको बताए । उनका श्रीमती र दुई सन्तान छन् ।

Recent Comments

Top