logo
Advertisement

‘तराईमा राष्ट्रियता सिकाउनु पर्छ’ भन्ने एन्फाका अध्यक्ष शेर्पाले मा’फी मागे !

२२ जेष्ठ २०७७, बिहीबार मा प्रकाशित

‘तराईमा राष्ट्रियता सिकाउनु पर्छ’ भन्ने एन्फाका अध्यक्ष शेर्पाले मा’फी मागे !

अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पाले आफ्नो वि,वादस्पद अभिव्यक्तिका लागि मा.फी मागेका छन् । शेर्पाले बुधबार विज्ञप्ती जारी गर्दै मा.फी मागेका हुन् । झन्डै दुई साता अघि एन्फा अध्यक्ष शेर्पाले वेब पोर्टललाई दिएको अन्तवार्तामा ग्रासरुट कार्यक्रमका विषयमा बोल्ने क्रममा तराईमा राष्ट्रियताको क.मी रहेको बताएपछि वि,वादमा परेका थिए ।

उनले विज्ञप्तिमा अन्तवार्ताको क्रममा व्यक्त शब्दावलीबाट नेपाली दाजुभाई तथा दिदी बहिनी एवम् त्यस क्षेत्रका नेपालीहरुमा कुनै चो.ट वा ठे.स पुग्न गएमा त्यसप्रति हार्दिक क्ष,मा या,चना गरेका छन् । उनले भनेका छन्, ‘अनलाईन अन्तर्वाताको क्रममा व्यक्त भावना भन्दा पनि शाब्दिक अर्थमा मात्रै धेरै ध्यान दिइएको छ । तर, मेरो अभिप्रा.य तथा भावना कुनै पनि भाषा, वर्ग, धर्म लिं.ग तथा सम्प्र.दायको नेपालीको राष्ट्रियतथामा प्रश्न गर्ने थिएन र क.दापि होइन पनि ।’

नेपाली सेना सँगको सहकार्यमा तराईका ४ जिल्ला सप्तरी, सिराहा, धनुषा र महोत्तरीमा ग्रासरुटको कार्यक्रम सुरु गरेको बताउने क्रममा शेर्पाले राष्ट्रियताको प्रसंग उठाएका थिए । उक्त अन्तर्वार्तामा शेर्पाले आर्मीसँगको सहकार्यमा ग्रा.सरुट सुरु गर्नुको दुई वटा कारण रहेको बताएका थिए ।
‘एउटा तराईको बच्चाहरुलाई फुटबल प्रति आ.कर्षण गर्नका को लागि ।

अर्को राष्ट्रियता सिकाउनको लागि हामीले गर्यौं,’ उनले भनेका थिए,’ तराई तिर जाँदा राष्ट्रियताको फिलिङ अलि क.म पाइन्छ । त्यसले गर्दा आर्मीको ब्यारकेमा प्रशिक्षण लिन आउँदा त्यहाँ राष्ट्रिय गित पनि सिक्ने नेपालको विषयमा चर्चा हुने भएकाले फुटबलको माध्यमबाट खेलाडी उत्पादन गर्ने हिसाबले हामीले काम गरेका छौं ।’

सोहि विषयमा जेठ १४ गते सांसद विमलप्रसाद श्रीवास्तवले एन्फा अध्यक्ष शेर्पालाई का.रवाही गर्न संसदमा मा.ग गरेका थिए । मधेशी आयोगले पनि शेर्पाको वि.वादस्पद अभिव्यक्ति नोटिसमा आएको जनाएको थियो । एन्फा अन्तर्गत नै रहेका ४ जिल्ला फुटबल संघ (काठमाडौं, ललितपुर, भक्तपुर र धादिङ) का अध्यक्षले संयुक्त रुपमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई एन्फा अध्यक्ष शेर्पालाई का.रवाही गर्न मा.ग गरेका थिए ।

Recent Comments

Top