logo
Advertisement

बलिउड छाडेर राजनीति गर्दैछिन् मनिषा कोईराला ?

२२ जेष्ठ २०७७, बिहीबार मा प्रकाशित

बलिउड छाडेर राजनीति गर्दैछिन् मनिषा कोईराला ?

मुलुकको परिवर्तन र राजनीतिमा कोइराला परिवारको ठूलो योगदान रहेको छ । भारतको स्वतन्त्रताका लागि ल’डेको कोइराला परिवारले राणा शा’सन, पञ्चायत र राजतन्त्रको अ’न्त्य गर्दै मुलुकमा ब’हुदलीय व्यवस्था, प्रजातन्त्रदेखि संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न ठूलो योगदान गरेको छ । नेपाली कांग्रेसबाट राजनीतिक गरेका कोइराला परिवारले मात्रै नभएर मुलुकले सधैं सम्झिरहने नेता हुन् वीपी कोइराला ।

वीपी राणा शासनदेखि पञ्चायतविरुद्धसम्म लडे भने पञ्चायतदेखि राजाको सक्रिय शा’सनवि’रुद्ध गिरिजाप्रसाद कोइराल लडेर मुलुक गणतन्त्रसम्म आइपुगेको छ । कोइराला परिवारबाट अहिले सक्रिय राजनीतिमा सुजता कोइराला, डा. शेखर कोइराला र डा. शशांक कोइराल रहेका छन् । उनीहरु राजनीतिमा रहेको कोइराला परिवारको वि’रासत जोगाउन लागिपरेका छन् ।

तर, यही बेला वीपीकी नातिनी, प्रकाश कोइरालाकी छोरी अभिनेत्री मनिषा कोइराला नेपालमा राजनीतिमा आउने चर्चाले अहिले स्थान पाइरहेको छ । भारतमा गान्धी परिवारको जस्तै नेपालमा कोइराला परिवारको राजनीतिमा बेग्लै खालको भूमिका रहँदै आएको छ । यसले पनि अभिनेत्री मनिषा नेपालको राजनीतिमा आउनुलाई अचम्म मान्नु पर्ने देखिँदैन ।

भारतका कयौँ कलाकार राजनीतिमा आएका छन् । पूर्व क्रिकेटर तथा ब्राडफोर्ड विश्वविद्यालयका पूर्व कुलपति इमरान खान पाकिस्तानका प्रधानमन्त्री हुन् । कला, खेललगायतका क्षेत्रमा स्थापित भइसकेका व्यक्ति राजनीतिमा आउने चलनजस्तै रहेको छ । हालै सरकारले लिम्पियाधुरा कालापानी र लिपुलेक समेटेर मुलुकको राजनीतिक तथा प्रशासनिक नक्सा अद्यावधिक गरेको छ ।

यसबारे परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली गरेको ट्वीटमा रिट्वीट गरेकी मनिषावि’रुद्ध भारतीय मिडिया लागेपछि उनको देशभक्तिको रुपमा सामाजिक सञ्जालमा तारिफ भयो । उनलाई राजनीतिमा आउन सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले आग्रह गरे । तर, यस बेला भारतमा रहेकी मनिषा मंगलबार बेलुकी बेलहिया नाकाबाट नेपाल भि’त्रिएकी छन् ।

सीमानामा आइपुगेपछि नेपाली सेनाको टोलीले पिकअप गरेको मनिषा र उनको परिवारका सदस्यहरु होटलमा क्वारेन्टाइनमा बस्नेछन् । मनिषा नेपाल प्रवेश गरेसँगै उनी राजनीतिमा प्रवेश गर्ने चर्चाले अहिले ब’हस पाइरहेको छ । बलिउडमा स्थापित अभिनेत्री मनिषाले आफू राजनीतिमा आउने या न’आउने विषयमा हालसम्म कुनै धारणा सार्वजनिक गरेकी छैनन् ।

तर, उनी राजनीतिमा आउने माहोल भने बनाइरहेकी स्रोतले जानकारी दियो । पछिल्ला वर्ष सामाजिक कार्यमा सक्रिय रहेकी उनी फिल्म क्षेत्रमा भने देखिन छाडेकी छन् । यसले पनि आफ्नो हजुरबुवा वीपी र बुवा प्रकाशको राजनीतिक वि’रासत जोगाउन मनिषामा राजनीतिमा आउने तयारी गरेकी हुन् ।

Recent Comments

Top