logo
Advertisement

काँग्रेस, राजपा र समाजवादीको नि’यतमा प्रश्न : सीमाको बिषय पनि कस्को ए’जेण्डमा वि’षयान्तर हुन खो’ज्दैछ

२१ जेष्ठ २०७७, बुधबार मा प्रकाशित

काँग्रेस, राजपा र समाजवादीको नि’यतमा प्रश्न : सीमाको बिषय पनि कस्को ए’जेण्डमा वि’षयान्तर हुन खो’ज्दैछ

भारतले दशकौँदेखि नेपाली भूमि अ’तिक्रमण गरेकाले अ’तिक्रमित भूमि समेटेर नेपालले आफ्नो नक्सा जारी गरेसँगै आइतबारको प्रतिनिधिसभा बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बाहाङ्फेले संविधान संशोधन–२०७६ (दोस्रो संशोधन) विधेयक पेश गरिन् । गत जेठ १० गते संसद सचिवालयमा दर्ता भएको उक्त संविधान संशोधन विधेयक मन्त्री तुम्बाहाङ्फेले आइतबारको संसद बैठकमा पेश गरेपछि सरकारको यो कदमलाई आम नेपाली जनताले स्वागत र समर्थन गरिरहेका छन् ।

तर, सरकारी विधेयक संसदमा पेश भएको भोलिपल्ट अर्थात सोमबार राजपा, समाजवादी तथा मङ्गलबार काँग्रेसका मधेसी सांसदहरुले छुट्टाछुट्टै संविधान संशोधन प्रस्ताव दर्ता गराए । यसले विभिन्न आशङ्का पैदा हुनुका साथै नेपालको नक्सा अध्यावधिकबारे सरकारी पक्षले ल्याएको संशोधन विधेयकलाई विषयान्तर गर्न खोजेको सरोकारबालाहरुले बताएका छन् ।

जबकि अ’तिक्रमित भूमि समेटिएको नक्सा जारी गर्ने र सो अनुसार संविधान संशोेधन गर्न सबै दलले सहमति जनाइसकेको अवस्थामा सोही विषयलाई जो’डेर फरक-फरक संविधान संशोधनका प्रस्ताव किन आए ? यो प्रश्नप्रति सरोकारवालाहरुले ग’म्भीर चा’सो व्यक्त गरेका छन् । त्यसमाथि पनि प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनलाई सर्वसम्मत बनाउन सबै दलहरूलाई सहयोग गर्न आ’ग्रह गर्दै सहमति जुटाइसकेको अवस्था थियो ।

त्यसका लागि प्रमुख वि’पक्षी दल नेपाली काँग्रेसले त केन्द्रीय समितिबाटै नि’र्णय गरेर संविधान संशोधन विधेयकमा प्रस्तावको प’क्षमा मतदान गर्न आफ्ना सांसदहरूलाई निर्देशन दिइसकेको हो । यस्तो अवस्थामा उक्त प्रस्ताव पारित हुनेमा कुनै श’ङ्का रहँदैन ।

तर, यसैबेला राजपा समाजवादी र काँग्रेसकै मधेसकेन्द्रित सांसदहरुबाट विभिन्न विषय समेटेर संविधान संशोधन प्रस्ताव दर्ता गरेपछि अ’तिक्रमित भूमि समेटेर जारी नक्सा स’च्याउने प्रस्तावलाई दलहरुले आफ्नो स्वा’र्थ वा मो’लतो’लको विषय बनाइएका त होइनन् ? भन्ने आ’शङ्का उ’त्पन्न भएको छ । – फणिन्द्र नेपाल

Recent Comments

Top