logo
Advertisement

वडाध्यक्ष नेतृत्वको समुहद्धारा रुकुम पश्चिमको प्रहरी चौकीमा आ’क्रमण : प्रहरीमाथी कु’टपि’ट पनि

२१ जेष्ठ २०७७, बुधबार मा प्रकाशित

‘वडाध्यक्ष नेतृत्वको समुहद्धारा रुकुम पश्चिमको प्रहरी चौकीमा आ’क्रमण : प्रहरीमाथी कु’टपि’ट पनि’

रुकुम पश्चिममा एक वडा अध्यक्षको नेतृत्वमा मंगलबार बेलुका प्रहरी पोष्टमा आ’क्रमण भएको छ । जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर १३ का वडाअध्यक्ष दिपक केसी लगायतको समूहले मंगलबार बेलुका ९ बजे वडानम्बर १४ को छिवाङ्ग ज्युलामा रहेको अस्थायी प्रहरी पोष्टमा आ’क्रमण गरेका हो । आफ्नो नेतृत्वमा २०-२५ जना युवाहरु लिएर प्रहरी पोष्टमा आ’क्रमण गरेर उनी फ’रार रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

जानकारी अनुसार अ’त्याधिक जाँ’डर’क्सी खाएर आएका अध्यक्ष केसीको टोलीले प्रहरीको इन्ट्रिपोस्ट, प्रहरी र प्रहरी भाडामा बसेको घर माथी ढु’ङ्गामु’ढाले आ’क्रमण गरेका हुन् । पोष्टमा एक्कासी आ’क्रमण गरेका उनीहरुले प्रहरी इन्चार्जको पेस्तोल खोसेर पछि फेरि फिर्ता गरेर भागेको प्रहरीले जनाएको छ । प्रत्यक्षदर्शीका अनुसार उनीहरुले प्रहरीकोे ह’तियार खो’सेर भा’ग्न खोजेको बेला प्रहरीले बल प्रयोग गरी ह’तियार फिर्ता लिएका हुन् ।

प्रहरी सहायक निरीक्षक (असई) को नेतृत्वमा ६ जना प्रहरी रहेको उक्त पोष्टमा आ’क्रमण हुँदा केही प्रहरी काम विशेषले बाहिर रहेको बताइएको छ । उनीहरुले प्रहरी इन्ट्री पोस्ट भ’त्काउनुका साथै इन्चार्जको बर्दिसमेत च्या’तेका छन् भने अन्य दुई जना प्रहरी ज’वानलाई समेत कु’टपिट गरेका छन् । ‘दिनभर क्वारेन्टीन व्यबस्थापनको कामबाट फर्किएर आउने बित्तिकै खाना खान लागेको थिएँ,’ प्रहरी सहायक निरीक्षक धनबहादुर साउँदले भन्नुभयो, ‘एक्कासी आ’तंककारी शैलीमा हामीमाथि आ’क्रमण गरियो ।’

उहाँका अनुसार सुरुमै ड्युटीमा बसेको प्रहरीलाई अध्यक्षले ला’त्ती हा’नेका र उनका छोरा लगायतले हातमा च’क्कु समातेको स्थानीयले देखेका पोष्ट इन्चार्जसमेत रहेका साउँदले भन्नुभयो । जानकारी अनुसार दा’दागिरी मच्चाउँदै आएका अध्यक्ष केसीलाई बिहान हेलमेट बिनै मोटरसाइकल चलाएको बेला ट्राफिक नियम उल्लंघन नगर्न ड्युटीमा रहेको प्रहरीले अ’नुरोध गरेको र ज’वाफमा अध्यक्ष केसीले ‘तँ हवल्दार चु’प लाग, तँलाई देखाइदिन्छु पख’ भन्दै झाे’क्किएर गएका प्रहरीले जनाएको छ ।

त्यसैगरी उनले केही दिन अगाडि छिमेकी सिम्ली गाउँका केटाहरूलाई कु’टपिट गरी प्रहरीको जिम्मा लगाएका थिए । तर, प्रहरीले ती युवाहरूको केही क’मजोरी नभएको भन्दै छोडेको थियो । त्यही रि’सको आ’वेगले अन्य युवाहरुलाई उ’क्साएर प्रहरी चौकिमा आ’क्रमण गरेको हुनसक्ने स्थानीयको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालयबाट परिचालन भएको टोली घ’टनास्थल पुग्न नपाउँदै उनी भा’गेको र अहिले सम्म प’क्राउ नपरेको प्रहरीले जनाएको छ । यसअघि वडाध्यक्ष केसीले जिल्लाबाट गएको प्रहरीको ड्युटी टोलीका प्रमुखमाथि पनि आ’क्रमण गरेका थिए । सत्ता र पार्टीको पहुँचका भरमा उनी छुटेका थिए । वडाध्यक्ष केसी तत्कालीन माओवादी पार्टीबाट निर्वाचित भएका हुन् ।

Recent Comments

Top