logo
Advertisement

धनुषाको क्वारेन्टाइनमा बसेकाहरुको बि’जो’ग : कोरोना पु’ष्टि भएपछि खाना पकाउने मान्छे नै आउन छा’डे

२० जेष्ठ २०७७, मंगलवार मा प्रकाशित

धनुषामा क्वारेन्टाइनमा बसेकाहरुका बि’जो’ग : कोरोना पु’ष्टि भएपछि खाना पकाउने मान्छे नै आउन छा’डे

कोरोना भाइरस (कोभिड-१९) भनेपछि मानिसहरु सातकाेष पर भा’ग्न थालेका छन् । कोरोना लाग्ने मानिसकाे नाम पनि लिन रुचाउने अवस्था छैन भन्दा फरक नहोला । अझै भ्यक्सिन पत्ता नलागेकाे कोरोना भा’ईरसबाट नेपालमा पनि २ हजार बढीलाई आफ्नो सं’क्रमणमा पारिसकेकाे छ । यसै समय धनुषाको बगचौरा माविको क्वारेन्टिनमा बसेकामध्ये २ जनामा सं’क्रमण पुष्टि भैैैैैईसकेको छ । यससँगै क्वारेन्टिनमा बसेकाहरु भने भोक्कै भएका छन् ।

हंसपुर नगरपालिका-२ को यो क्वारेन्टिनमा ५१ जना थिए । उनीहरु मध्ये दुई जनालाई कोरोना सं’क्रमण भएको सोमबार पुष्टि भयो । तर, अझै उनीहरुलाई आ’इसोलेनमा लगिएको छैन । यससँगै क्वारेन्टिनमा बसेकाहरुलाई खाना पकाउनेहरु आउन छा’डेका छन् ।

स्वास्थ्यकर्मीहरु पनि आएनन् । पर्सनल प्रोटेक्सन इक्यूपमेन्ट -(पिपिई) नदिएसम्म काममा नफर्किने उनीहरुले बताएका छन् । क्वारेन्टिनमा बसेकाहरु भने बिहानैदेखि भो’कै छन् । नजिक घर भएका व्यक्तिका परिवारबाट खाना आएको छ भने टाढा घर भएका भो’कै छन् ।

क्वारेन्टिनमै बि’रामी भएका आफ्ना पति भो’क्कै भएपछि आफूले खाना लिएर गएको सोनीदेवी बताइन् । भारतको सुरतमा काम गर्दै आएका उनका श्रीमान् आउनेवित्तिकै क्वारेन्टिनमा बि’रामी परेका छन् । मंगलबार बिहानदेखि कोही पनि नआएको क्वारेन्टिनमा बसेका इन्दल राउतले बताए ।

बिहान नगरपालिकाका कार्यालय सहयोगी आएर पानीको बोतल दिएर गएपछि उनी पनि फर्केर नआएको उनले बताए । क्वारेन्टिनमा बस्दै आएकी रबीना खातुन भन्छिन्, ‘या त घर जान दिनुपर्‍यो, या त खाना दिनुपर्‍यो ।’ यसबारे बुझ्न खोन्दा हंसपुरका मेयर रामज्ञान मण्डल सम्पर्कमा आएनन् ।

धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले संक्रमित फेला परेपछि कुनै किसिमको जानकारी त्यहाँबाट नपाइएको बताए । ‘हामीलाई जानकारी दिएपछि सं’क्रमितलाई आइसोलेसनमा ल्याइसकेका हुन्थ्यौं’ उनले भने, ‘अब भोलि उनीहरुलाई ल्याउन पहल गर्छु ।’- फाईल तस्बिर

Recent Comments

Top