logo
Advertisement

नेपाल-भारतबीचकाे सीमा बि’वा’दमा च’र्किदै गर्दा अभिनेत्री मनिषा कोईराला नेपाल आईन् !

२० जेष्ठ २०७७, मंगलवार मा प्रकाशित

नेपाल-भारत सीमा बि’वादले च’र्को रुप लिईरहेको छ । नेपालले लिपुलेक, लिम्पियाधुरा र कालापानि समाबेस गरेर जारि गरेकाे नयाँ नक्सामा सम’र्थन जनाएकी अभिनेत्री मनिषा कोइराला स्थलमार्गबाट भैरहवाको बेलहिया ना’का हुदै नेपाल प्रवेश गरेकी छिन् ।

उनले दिएको प्रतिक्रियालाई लिएर भारतीय संचारमाध्यमले उनलाई वि’वादमा ता’नेका थिए । मंगलबार बेलहिया ना’काबाट अभिनेत्री मनिषा कोइराला स्वदेश फर्किएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले बताए । उनी आफ्नो बुबा र आमासँगै निजी गाडीमा स्वदेश आएकी हुन् ।

मनिषाको पछिल्लो अभि’व्यक्तिलाई लिएर अन्य कतिपय भारतीय च्यानल व्यक्तिगत दो’षारो’पणमा उ’त्रिएका थिए । उनीहरुले मनिषाले त्रीपक्षीय वार्ता गर्नुपर्ने विषय उठाएकोमा पनि आपत्ति जनाएका थिए । मनिषाले प्रधानमन्त्री ओलीलाई लक्षित गर्दै ट्वीटरमा लेखेकी थिइन्,‘हाम्रो सानो राष्ट्रको म’र्यादा राख्नुभएकोमा तपाईलाई धन्यवाद ।

अब तीन महान राष्ट्रहरुबीच शान्तिपूर्ण र सम्मानजनक संवाद भएको हेर्न हामी सबै इच्छुक छौँ ।’मनिषाले नेपाल सरकारले हालै परिस्कृत नक्सा जारी गरेकोमा खुसी व्यक्त गर्दै यस्तो प्रस्ताव गरेकी थिइन् ।

Recent Comments

Top