logo
Advertisement

आज मात्रै २८८ मा कोरोना सं’क्रमण देखियो : सं’क्रमितको संख्या २ हजार कट्यो

२० जेष्ठ २०७७, मंगलवार मा प्रकाशित

आज मात्रै २८८ मा कोरोना सं’क्रमण देखियो : सं’क्रमितको संख्या २ हजार कट्यो

पछिल्लो २४ घण्टामा थप २८८ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कुल संक्रमितको संख्या दुई हजार ९९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित ब्रिफिङमा प्रवक्ता डा. विकास देवकोटाले दिएको जानकारी अनुसार सबैभन्दा धेरै संक्रमित रौतहटमा ७४ जना थपिएका छन् ।

यसैगरी सर्लाहीका २१ मा संक्रमण पुष्टि भएको छ । बलरा नगरपालिका र ब्रम्हपुरी गाउँपालिकाको क्वारेन्टाइनमा रहेका उनीहरु १३ देखि ४० वर्षका पुरुष हुन् । सिराहाका १७ जनाको रिपोर्ट पोजेटिभ आएको छ । सूर्यनारायण सत्यनारायण मरबैता यादव बहुमुखी क्याम्पसको क्वारेन्टिनमा रहेका उनीहरु १६ देखि ४२ वर्षका छन् ।

धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ३८ जनाको रिपोर्ट पोजेटिभ आएको छ । परोहा, गौर, राजदेवी नगरपालिका र यमुनामाई गाउँपालिका उनीहरु ८ वर्षीया बालिकासहित १३ देखि ६० वर्षका पुरुष छन् । यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा रौतहट ३६ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरु परोहा, राजदेवी नगरपालिका र दुर्गाभगवती गाउँपालिकाको क्वारेन्टिनमा छन् र १२ देखि ४८ वर्षका पुरुष हुन् ।

धनुषामा ६ जना र महोत्तरीमा दुई जना संक्रमित थपिएका छन् । यस्तै सप्तरी रामघटका २० वर्षीय पुरुष र बारा देवतालका १८ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ हजार ९९ पुगेको छ । उनीहरु मध्ये ८ जनाको मृत्यु भएको छ भने २६६ जना कोरोना निको भएर घर फर्किएका छन् ।

Recent Comments

Top