देशमा यतिबेला कोरोना रोकथामका निम्ति जेष्ठ ३२ सम्म सरकारले ल’कडाउ’न जारी राखेको छ । देशमा यो समाचार तयार पाार्दा सम्म कोरोना सं’क्रमितको संख्या १८ सय नाघि सकेको अवस्था छ । मृ”त्यु हुनेके संख्या ८ पुगिसकेको छ । तर, यही बेला पश्चिम रुकुममा घटेको घटनाले सबैको ध्यान त्यता मोडि दिएको छ ।
प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले रातोपाटीसँग कुराकानी गर्दै युवट्युवरहरुको अनुगमन हुने बताएका छन् । सत्यतथ्य समाचा प्रशारण गर्नु भन्दा पनि समाजमा भ्रम फैलाउंने खालको समाचार आएको भन्दै अध्यक्ष श्रेष्ठले सबैलाई सच्चिन आग्रह गरेका छन् । उनले भनेका छन् दलित प्रेमी मारिएको भन्ने सन्दर्भमा जाजरकोट र रुकुमभरी युट्युबरहरु छपक्कै छन् ।
अहिले खास पत्रकारभन्दा पनि युट्युबरहरु हामी पत्रकार हौँ भनेर आफैँले प्रेसको ज्याकेट लगाएर आफैँले बनाएको प्रेस पास बोकेर हिँडेका छन् । त्यहाँ छानबिन समिति पुग्न ढिला भइरहेको छ । उसले काम गर्न पाएको छैन । तर, भटाभट आदेश फैसला निष्कर्ष सुनाउने काम युट्युबबाट भइसक्यो ।
तर, भैदियो के भने तथ्यलाई पुष्टि नगर्ने, हतारोको पत्रकारिता विकास भयो ।
योसँगै मिडियालाई मात्रै म दोष दिन्न, राजनीतिज्ञ, नीतिनिर्माता, मन्त्रीजी, सांसदज्यूहरुलाई पनि अलि बढी सहानुभूति लिने, समाचार चाहिँ चुहाइहालुँ भन्ने अलिकति कौतुहल, चुलबुलपनाले गर्दा पनि सूचना चुहिएका र ती गलत भएका छन् । उदाहरणका लागि बुटवलको क्रिमसन अस्पतालमा बसेका गुल्मीका एक हेडसर मरिसकेको भनेर अघिल्लो दिन नै समाचार आयो ।
हुँदाहुँदै झुटो विवरण दिने घटना पनि बढेको छ । जस्तो बुटवलमा ट्रेजेडीमा परेको युवायुवतीको अडियो कुराकानीलाई नवराज र सुष्मा मल्ल ठकुरीको हो भनेर पनि गरिएको छ । हिरासतमा सुष्मा मल्ल ठकुरी छिन्, उनलाई गर्भवती पनि भनिएको छ । त्यसको वास्तविकता पनि पुष्टि हुन बाँकी होला । यसरी मिडियाले आफैँ ज्योतिष पनि बन्न नहुने हो । न्यायाधीश पनि बन्न नहुने हो, चिकित्सक पनि बन्न नहुने हो ।
यो अवस्थामा सबै फैसला सुनाउन नहुनेमा सबै विज्ञता आफैमा हासिल भएजस्तो हुने भएकाले समस्या सिर्जना भएको छ । यसले गर्दा समग्र मिडिया नै दोषी हो कि रु नेपालका सबै मिडियाकर्मी सबै छ्या पत्रकार, छि पत्रकार भन्नुपर्ने अवस्थामा पुगेको हो कि रु सर्वसाधारणमा नराम्रो छवि बन्न पुगेको छ । त्यसैले यो चाहिँ दूधको दूध पानीको पानी छ्ट्याउने, हाम्रो पेसालाई शुद्धीकरण गर्ने उपयुक्त घडी हो ।
पोखरी जमेको छ, त्यसमा माछाहरु छन्, हिले माछाहरु पनि छन्, भ्यागुताहरु पनि थुप्रिएका छन्, लेउ पनि जमेको छ, यसलाई यो बेलामा छुट्याउनुपर्ने अवस्था छ ।
Recent Comments