logo
Advertisement

राजेश हमाल भन्छन् प्रिय राजा विरेन्द्र बस्नु भएको सोफा अझे हाम्रो घरमा छन

२० जेष्ठ २०७७, मंगलवार मा प्रकाशित

राजेश हमाल भन्छन् ‘प्रिय राजा विरेन्द्र बस्नु भएको सोफा अझे हाम्रो घरमा छन’

नेपाली फिल्म क्षेत्रका चर्चित अभिनेता हुन् राजेश हमाल । फिल्म युगदेखि युगसम्म बाट नेपाली फिल्म क्षेत्रमा प्रवेश गरेका हमालले हालसम्म धेरै हिट फिल्ममा अभिनय गरिसकेका छन् । सामाजिक सञ्जालमा पनि निकै सक्रिय रहने राजेश हमालले बेला बेलामा आफ्ना तस्बिरहरु फेसबुकमा शेयर गरिरहने गर्छन् ।

पूर्वराजा वीरेन्द्र शाह सहित दश जनाको ज्या’न गएको उक्त कहा’ली लाग्दो घ’टना भएको आज १९ बर्ष पुगेको छ । आज नै अभिनेता राजेश हमालले आफ्नो बुबाआमा र पूर्वराजा वीरेन्द्र शाह परिवारलाई सम्झदै केही तस्बिरहरु शेयर गरेका छन् ।

उनले पूर्वराजा वीरेन्द्र शाह परिवार आफ्नै घरको सोफामा बसेको बताउदै सोफाको तस्बिर देखाएका छन् । तस्बिरमा उनी सानो छदा पूर्वराजा वीरेन्द्र शाह परिवार र आमाबुबासँग छन् । उनले ती पुराना तस्बिरहरु शेयर गर्दै लेखेका छन् – ‘राजा बिरेन्द्र​ को प​रिवार राज भ​येको सोफा अझै मेरो घ​र मा छ​। मेरो बुवा र मुवा साथ मा King Birendra’s family and my father/mother..’

Recent Comments

Top