logo
Advertisement

आज निर्जला एकादशी, भगवान श्री गणेशको दर्शन गर्दै २०७७ जेठ २० गते मंगलबारको दैनिक राशिफल पढ्नुस्

२० जेष्ठ २०७७, मंगलवार मा प्रकाशित

‘आज निर्जला एकादशी, भगवान श्री गणेशको दर्शन गर्दै २०७७ जेठ २० गते मंगलबारको दैनिक राशिफल पढ्नुस्’
वि.सं.२०७७जेठ- २०, मंगलवार, ई.सं. २०२० जून -२, शक संवत्-१९४२, नेपाल संवत्-११४० तछलाथ्व, प्रमादी,उत्तरायण, ग्रीष्म,ज्येष्ठ शुक्लपक्ष तिथि-एकादशी, ०९:५६ बजे उप्रान्त द्वादशी, नक्षत्र-चित्रा, २१:३३ बजे उप्रान्त स्वाती, योग-व्यतीपात, ०८:४० बजे उप्रान्त वरियान्, करण-भद्रा ०९:५६ बजेदेखि वव, २०:४२ बजे उप्रान्त तैतिल, चन्द्रराशि-कन्या, आनन्दादि योग-ध्वांक्ष, सूर्योदय-०५:१०, सूर्यास्त,१८:५४, दिनमान-३४ घडी २० पला । व्रत/पर्व-निर्जला एकादशी व्रत । तुलसीबीजरोपण (तुलसीको दल राख्ने दिवस), द्विपुष्कर योग ९:५६ देखि २१:३३ बजेसम्म ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) – व्यापार, पशुपालन र कृषि क्षेत्रबाट राम्रो लाभ हुनेछ,गोपनीयतामा ख्याल गर्नु होला,मनले सोचेको काम पुरा हुनेछ ,स्वास्थ्यमा समस्या आउने छ,आजको शुभ अंक १० रहेको छ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) – प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ,आर्थिकमा रुपमा सफल भइनेछ ,शत्रु हावी हुनेछन ,यात्रामा विचार पुराउनु होला, आजको शुभ अंक ८ रहेको छ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) – बोलीको गलत अर्थ लाग्नाले सहयोगीहरू टाढिन सक्छन्,साथी भाइको विश्वास पर्दा आत्मा घाती हुनेछ,यात्रा घातक बन्ने छ ,आजको शुभ अंक ७ रहेको छ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) – आफन्तको विश्वास पर्दा धोका हुनेछ,भावना बुझ्न नसक्दा शुभचिन्तकहरू टाढिन सक्छन्,साझे दारीको काममा संकट आउनेछ,आजको शुभ अंक ९ रहेको छ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) – आम्दानी रोकिनाले कर्जाको रकम लिनुपर्ने हुन सक्छ,लामो समय देखि तनाव रहेको काम बन्ने योग देखिन्छ,बोलीको अनर्थ लाग्न सक्छ,आजको शुभ अंक ३ रहेको छ ।

कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)– टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ,आफ्नै बुद्दि विवेक ले गरेको काम सफल हुनेछ,मनमा कुरा खेलाउदा काम बिग्रिन सक्छन, आजको शुभ अंक २ रहेको छ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) – गुप्त रोगले सताउने छ,स्वास्थ्यका लागि व्यायाम र खानपानमा ध्यान पुर्याउनुहोला,काम गर्दा अपमानित हुनुपर्ला, गुप्त रोगले सताउने छ,आजको शुभ अंक ५ रहेको छ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) – आलस्य त्यागेर मिहिनेत गर्नुपर्ने समय छ,तातो रिस गर्नाले काम बिग्रिनेछ,सन्तान पक्षमा खुशीको योग छ,मनको इच्छा पुरा हुनेछ, आजको शुभ अंक ११ रहेको छ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) – हिम्मत गर्दा जटिल काम समेत सम्पादन हुनेछ,किनमेल गर्दा सजग रहनु होला,सुरक्षाकर्मी बाट अपमानित हुनुपर्ला,समय राम्रो छ ,सत्यको बिजय हुनेछ ,आजको शुभ अंक ४ रहेको छ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) – गरिएका कर्मको छोटो समयमै उचित प्रतिफल पाइनेछ,बोलीको उचित सम्मान हुनेछ,दैनिकी कार्यमा अबरोध आउनेछ,परिवारमा रमाइलो हुनेछ ,आजको शुभ अंक ५ रहेको छ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) – छर–छिमेकमा असमझदारी देखिनेछ भने बेसुरको काममा अलमलिनुपर्ला,शारीरिक मानसिक पिडा बढ्ने छ,सामाजिक क्षेत्र मन जानेछ ,आजको शुभ अंक ८ रहेको छ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) – बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्नेछ,खानेकुरामा विचार पुराउनु होला,दाजु भाई बीच मनमुटाव हुनेछ,बोलीमा विचार पुराउनु होला, आजको शुभ अंक १ रहेको छ । राशिफलमा जे जस्तो भय पनि तपाईको दिन शुभ रहोस् ।

Recent Comments

Top