logo
Advertisement

गंगा चौधरी भन्छिन् ‘नेपालको संसदमा अब भारतीय चेलीहरुको दा’दागि’री शुरु भएछ ‘

१९ जेष्ठ २०७७, सोमबार मा प्रकाशित

गंगा चौधरी भन्छिन् ‘नेपालको संसदमा अब भारतीय चेलीहरुको दा’दागि’री शुरु भएछ ‘
सांसद गंगा चौधरीले संसदमा भारतीय चेलीहरुको दा’दागिरी चल्न थालेको आरोप लगाउनुभएकाे छ । साेमबार बसेकाे संसद बैठकको शून्य समयमा बोल्दै सांसद चौधरीले सांसद सरिता गिरीलाई इंगित गर्दै यस्तो बताउनुभएकाे हाे । सांसद चाैधरीले अनुदानसँग जमिन र स्वाभिमान कदापि साट्न नमिल्ने पनि बताउनुभयाे ।

उहाँले भन्नुभयाे, ‘अनुदानसँग जमिन र स्वाभिमान कदापि साट्न मिल्दैन, नेपालमाथि भारतको दादागिरी, न मिचिएको ठाउँ छैन, नहेपिएको गाउँ छैन । भन्दा-भन्दै भारतीय चेलीहरुको सदनभित्र पनि दादागिरी चल्न थाल्यो । भूमि मिचाहासँग सल्लाह छलफल गर्नुपर्यो रे ।’ सांसद चौधरीले आफ्नो जमिन आफ्नो भन्‍न भूमि मिचाहा किन सोध्नुपर्यो भन्दै प्रश्‍न गर्नुभयाे ।

‘आफ्नो जमिन मेरो हो भन्‍न पनि मेरो देशको भूमि मिचाहासँग सोध्नुपर्ने यो कस्तो विडम्बना ? जब यो देशका प्रधानमन्त्री एउटा सपना योजना फ्याँक्छन रअ का एजेन्टहरु १५ दिनसम्म घाइते हुन्छन् । अति त्यो सपनाको योजनाविरुद्धमा बुरुक्क बुरुक्क उफ्रन थाल्छन्’ उहाँले भन्नुभयाे ।

केही दिनअघि सांसद सरिता गिरीले नेपालले नयाँ नक्सा सार्वजनिक गर्नुअघि भारतसँग सल्लाह गर्नुपर्छ भन्‍ने बत्तव्य संसदमै दिनुभएकाे थियाे । उहाँले भारतले नेपाली भूमिमा एकतर्फी सडक खन्न हुने, तर नेपालले आफ्नो नक्सा जारी गर्दा भारत र चीनको समर्थन लिनुपर्ने बताउनुभएकाे थियाे ।

Recent Comments

Top