logo
Advertisement

नेपालमा बि’वा’दित बनेको ‘पाताल लोक’बारे अनुष्का शर्माको यस्तो स्पष्टीकरण

१९ जेष्ठ २०७७, सोमबार मा प्रकाशित

अभिनेत्री अनुष्का शर्माले ‘पाताल लोक’ नामक वेब शो निर्माण गरेकी छिन् जुन विभिन्न कारणले नेपाल लगायत भारतमा चर्चित बनेको छ । अनुष्काले आफूले विश्वास गरेको विषयवस्तुले निकै चर्चा पाएकोमा खुसी छिन् । यसबारे उनले एक भारतीय मिडियासँग कुराकानी गरेकी छिन् । यद्यपि, उक्त अन्तरवार्तामा नेपाली महिलामाथि जुन अ’पशब्दको प्रयोग गरिएको थियो, त्यसबारे अनुष्काले कुनै टिप्पणी गरेकी भने छैनन् ।

अनुष्कालाई अपराधीलाई सकारात्मक मानवीय तरिकाले किन देखाउन खोजिएको भन्ने प्रश्न सोधिएको थियो यसमा उनले जवाफ दिएकी छिन्, ‘हामीले अ’परा’धीलाई सकारात्मक मानवीय तरिकाले देखाउने कोसिस गरेका होइनौं । हामीले त हरेक व्यक्तिको पछाडि एउटा कहानी हुन्छ र उसले जे गर्छ, जहाँ ऊ हुर्किएको छ, त्यसैलाई आधार मानेर नै ऊ समाजमा चित्रित हुन्छ ।

हामीले समाजको चित्र देखाएका छौं । यसमा सही वा ग’लत छुट्याउने अधिकार दर्शकलाई नै छोडिदिएका छौं । अनुष्काले आफ्नो विषयलाई पूरा प्रमाणका साथ पेश गर्ने कोसिस गर्ने गरेको बताएकी छिन् । ‘पाताल लोक’मा पनि आफूले त्यस्तै गरेको बताइन् । उनी भन्छिन्, ‘कहानी, पात्र र परिवेशको निकै नजिक रह्यौं ।

आज जब शो चर्चामा छ, यसको प्रशंसा भइरहेकोले मलाई निकै खुसी लागिरहेको छ । इन्डियाको निकै राम्रो थ्रि’लर वेब शो हामीले बनाएका छौं भन्ने सुन्दा निकै खुसी लाग्छ । यसका साथै समाज र नियमको क्रुर अनुहार यति नजिकबाट देखाउने पहिले नै योजना थियो भनेर उनलाई प्रश्न सोधिएको छ ।

यसबारे उनी भन्छिन्, ‘हो । हामीले समाजको विभिन्न पाटोलाई दर्सायौं । यो बतायौं कि हामी मानिस भइकन पनि सभ्य समाजको निर्माणमा अ’सफ’ल भयौं । श’क्तिशा’ली बन्ने नाममा मानवताको घाँटी अँठ्यायौं ।’एजेन्सी ।

Recent Comments

Top