logo
Advertisement

सलमान खानका प्रिय संगीतकार अब रहेनन्, कोरोना सं’क्र’मित भएपछि आईसोलेसनमा थिए

१९ जेष्ठ २०७७, सोमबार मा प्रकाशित

सलमान खानका प्रिय संगीतकार अब रहेनन्, कोरोना सं’क्र’मित भएपछि आईसोलेसनमा थिए
बलिउडका भाईजान सलमान खानका प्रिय संगीतकार तथा गायक वाजिद खान को मृ”त्यु भएकाेको छ । कोरोना सं’क्र’मित रहेका वाजिदको मृ”त्यु भएकाे पुष्टि गायक सोनु निगमले गएराति आफ्नो फेसबुक मार्फत गरेकाछन् । वाजिदको परिवारले भनेको छ, ‘उनको आत्मा’का लागि प्रार्थना गर्नुहोस् ।’

सञ्चारमाध्यमहरुका अनुसार वाजिद कोरोना सं’क्र’मित थिए । उनको परिवारका अनुसार वाजिद किड्नीका वि’रा’मी थिए । र उनको दुई वर्ष पहिला किड्नीको प्रत्यारो’पण गरिएको थियो । उनको घाँटीमा सं’क्र’मण भएको थियो । उनलाई चेम्बुरको सुराणा अस्पतालमा भर्ना गरिएको थियो ।

उनको कोविड–१९ को परीक्षण रि’पोर्ट आउन बाँकी रहेको बीबीसीले जनाएको छ । वाजिद खानको पछिल्लो गीत ‘भाइ—भाइ…’ पछिल्लो हप्ता मात्रै रिलिज भएको थियो । उक्त गीत उनले सलमान खानसँग सहकार्य गरेर बनाएका थिए ।

वाजिद खान आफ्ना भाइ साजिद खानसँग मिलेर संगीत भर्थे । उनी १९९८ मा सलमान खान अभिनित चलचित्र ‘मैने प्यार किया से’बाट चर्चामा आएका थिए । एजेन्सी ।

Recent Comments

Top