नवराज विकसंगै रुकुम गएका केही युवाहरुले घ’ट’नाका बारेमा नयाँ कुरा खुलाएका छन् । उनीहरुले आफुहरु १९ जनाको समुहमा गएको स्वीकार गरेका छन् । आफुहरु फर्कन लागेको बेलामा गाउँका ठुलो भि’डि आएको देखेर आफुहरु ड’राए’र भा’गेको बयान दिएका छन् । सो घ’ट’नामा बाँ’चेर फर्कीएकाहरुले आफुहरुलाई आ’क्रमण भएको बताएका छन् ।
भेरीको पुल नाघेर बाँचेका दुई जना नवराजका साथीहरुले आफुहरु भागेर बाँचेपछि उनीहरु पनि भागे होलान् भन्ने ठानेको बताए । २१ वर्षका नवराज विक, १७ वर्षकी युवतीसंग प्रेम सम्बन्धमा थिए । नवराजले गएको शनिवार वेहुली लिन भन्दै अन्य १८ जना साथी लिएर गएका थिए । नवराजले आफुहरुलाई वेहुली भगाउन जाने भनेर फोन गरेपछि आफुहरु गाउँवा १० जना गएको बताए ।
वाटोमा अरु साथीहरु मिसिएर १९ जना भएर युवतीको गाउँ गएको बताए । उनीहरु युवतीको घर नजिकैको वाटोवाट जाँदाखेरी युवतीको आमाले देखेपछि, ए डुम तँ फेरी आइस् भन्दै भनेको उनीहरुले बताएका छन् । नवराजलाई युवतीको आमाले पहिल्यै देखि चिनेको हुनसक्ने भएकाले देख्ने बित्तिकै त्यस्तो भनेको उनीहरुको भनाई छ ।
उनीहरुको कुरा भएको थियो की के हो त्यो त थाहा भएन, संगै गएका एक जना साथीले भने, हामीलाई देख्ने बित्तिकै युवतीको आमाले ए डुँम त फेरी आइस् ? भनेर भन्नुभयो । पहिलाको चो’ट खाएर पुगेन ? अब म रेर जान्छन् । आमाले त्यसो भनेपछि आफुहरु फर्केर घर फर्कन लागेपछि मथिवाट ठूलो हु’ला आएर आफुहरु माथि आ’क्रमण भएको बताए ।
Recent Comments