‘मेरो थरमा दलित राख्दिनुस् मेरो नाम बाबुराम भट्टराई कामी लेख्नुस् : संसदमा बाबुरामकोप्रस्ताव’
पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले सबै नेपालीको थर फेर्नुपर्ने प्रस्ताव गरेका छन् । सरकारले प्रस्तुत गरेको आगामी बर्षको बजेटमाथि आइतवार प्रतिनिधिसभामा भएको छलफलमा भाग लिँदै बाबुरामले बर्णाश्रम व्यवस्था नफेरे सम्म सामाजिक सुरक्षा र न्याय हुननसक्ने बताए ।
‘मेरो नाम बरु बाबुराम दलित भनेर राख्दा हुन्छ, अब सबैले नामको पछाडि कामी थर राखौं, बाबुराम भट्टराई कामी भनौं, काम गर्नेले कामी लेख्न किन लाज मान्ने ?’ उनले भने, ‘बर्णाश्रम व्यवस्था नफेर्दा सम्म रुकुम जस्ता घ’टना घ’टिरहन्छन् ।’ ‘पढेलेखेका हामीजस्ता बाहुन मान्छे श्रम गर्न हुन्न भनेर बस्ने, उपदेश दिएर बस्ने, भट्टराईले भने, ‘क्षेत्रीहरू कुनैबेला ल’डा’इँ ल’ड्थे होलान्, राजनीतिक स्तरमा त्यो अहिले काम छैन, उनीहरू पनि ल’डाइँ–ब’डाइँ भनेर अर्काले गरेको खाएर बस्ने भयो ।’
विगतमा वै’श्यहरूले व्यापार गर्ने गरेका भए पनि अहिले व्यापार गर्नेको संख्या बढेकाले उनीहरुलाई नपुग्ने अवस्था रहेको बताए । संघीय संसद भवन नयाँ बानेश्वरमा आइतबार बसेको प्रतिनिधिसभा बैठकमा आफ्नो भनाई राख्दै पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई । ‘अनि जो श्रम गर्ने हो सीप भएको हो । त्यसलाई दलित भनेर हेपेपछि विकास हुन्छ, भट्टराईले भने, ‘दलित शब्द प्रयोग नगरौं अरू शब्द प्रयोग गरौं भन्नुहुन्थ्यो साथीहरूले ।
मेरो त एउटा प्रस्ताव छ – तपाईं हामी सबैले दलित नाम राखिदिउँ न । बाबुराम भट्टराई कामी भन्न किन नहुने?’ भट्टराईले काम गर्ने मान्छेले ‘कामी भनेर गर्व’ गर्ने अवस्था श्रृजना गर्नुपर्ने बताए ।
Recent Comments