logo
Advertisement

निजी विद्यालयमा बुधबार देखि पठनपाठन शुरु, सरकारी विद्यालय चाहीं क्वारेन्टिन

१८ जेष्ठ २०७७, आईतवार मा प्रकाशित

‘निजी विद्यालयमा बुधबार देखि पठनपाठन शुरु, सरकारी विद्यालय चाहीं क्वारेन्टिन’
मुलुकका निजी विद्यालयहरुले आगामी बुधबारदेखि नयाँ शैक्षिक सत्रका लागि भर्ना प्रक्रिया शुरु गर्ने निर्णय गरेका छन् । सरकारले नीति तथा कार्यक्रममै कोरोना १९ सं’क्रम’ण रोक्न आवश्यक सावधानी अपनाउदै विद्यालयको पठनपाठन क्रमशः शुरु गर्दै जाने उल्लेख गरे अनुसार निजी विद्यालयहरुले भर्ना प्रक्रिया शुरु गर्न लागेका हुन् ।

देशभरका अधिकांश सामुदायिक विद्यालयहरुलाई क्वारेन्टाइनका रुपमा प्रयोग गरिएको हुनाले सामुदायिक विद्यालय भने कहिले खुल्छन भन्ने टुङ्गो लागेको छैन । तर, उता विश्व म’हामा’रीको रुपमा फैलिएको कोरोना भा’इर’स (कोभिड—१९) को सं’क्रम’ण रोक्न सरकारले विगत दुई महिना अघिदेखि लगाएको ल’कडाउ’नको प्रभाव पाठ्यपुस्तक छपाईमा पनि परेको छ ।

जसको कारण विद्यालयहरुले कक्षा सञ्चालन गर्ने मिती घो’षणा गरिसक्दा समेत पाठ्यपुस्तक छपाईको काम अझै सकिएको छैन् । त्यसो त अघिल्लो वर्षको बि’क्रिद’र अनुसार छपाईको काम भने सकिएको जनक शिक्षा सामाग्री केन्द्रले जनाएको छ । तर, यो वर्ष झण्डै २ करोड पुस्तक छाप्ने लक्ष्य रहेको जनक शिक्षाका सूचना अधिकारी चित्र आचार्यले जानकारी दिनुभयो ।

यो वर्ष एक करोड ९७ लाख पुस्तक छपाई गर्ने लक्ष्य अनुसार काम थालनी गरिएकोमा कोरोनाका कारण ल’कडाउ’न भई काम ठप्प हुँदा अझ १५ प्रतिशत पुस्तक छाप्न बाँकी रहेको उहाँको भनाइ छ । उहाँका अनुसार कक्षा ६, ७ र ८ का पुस्तक छपाईको काम बाँकी नै छ । जनक शिक्षाले अहिले दैनिक १ लाख २५ हजार पुस्तक छपाई गर्दै आएको छ ।

आगामी १५ दिनमा सम्पूर्ण छपाईको काम सकेर विद्यार्थीको हातमा पुस्तक पुर्याउने गरी काम भइरहेको आचार्यले बताउनुभयो । जनक शिक्षाले कक्षा ५ देखि १० सम्मका पाठ्य पुस्तक छपाईको काम गर्दै आएको छ । कक्षा एकदेखि चारसम्म भने निजी क्षेत्रबाट छपाईको काम हुँदै आएको छ । – जनता समाचार

Recent Comments

Top