logo
Advertisement

आजतक देखि एबिपी सम्मले भने ‘संविधान संशोधन गरेर नेपालले भारतको भुमि क*ब्जा गर्न लाग्यो….’

१८ जेष्ठ २०७७, आईतवार मा प्रकाशित

आजतक देखि एबिपी सम्मले भने ‘संविधान संशोधन गरेर नेपालले भारतको भुमि क*ब्जा गर्न लाग्यो….’
सरकारले प्रतिनिधिसभामा संविधान संशोधन विधेयक पेस गरेलगत्तै भारतीय मिडियामा ह’ल्लीख’ल्ली भएको छ । कालापानी, लिपुलेक, लिम्पियाधुरासहितको भूभागलाई समेटेर हालै जारी भएको नेपालको संशोधित नक्सालाई संविधानमा समेट्नका लागि सरकारले संविधान संशोधन विधेयक आइतबार प्रतिनिधिसभामा पेस भएपछि भारतीय मिडियामा अचानक ह’ल्लीख’ल्ली म’च्चिएको छ । भारतीय टेलिभिजन च्यानल ‘जी न्यूज’ले नेपाली कांग्रेसको समर्थनपछि ओली नेतृत्वको सरकारले संविधान संशोधन प्रस्ताव संसदमा पेश गरेको जनाएको छ ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शिममाया तुम्बाहाङ्फेले प्रतिनिधिसभा बैठकमा संविधान संशोधन विधेयक पेश गरेकी हुन् । नेपालको अद्यावधिक नक्सालाई संविधानको अनुसूचीमा समेट्नका लागि संशोधन प्रस्ताव ल्याइएको उनले बताइन् । जेठ १४ गते प्रतिनिधिसभा बैठकमा संशोधन प्रस्ताव पेस गर्ने तयारी भए पनि सरकारले सबै दलको सहमतिमा पेश गर्ने भन्दै उक्त दिन संशोधन प्रस्ताव पेश गरेन ।

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले केन्द्रीय समिति बैठकबाट नै संविधान संशोधन प्रस्तावबारे औपचारिक निर्णय गर्ने जनाएपछि सरकारले कांग्रेसको औपचारिक निर्णयको प्रतीक्षा गर्दै जेठ १४ गते संविधान संशोधन प्रस्ताव पेश गर्ने कार्यसूची ह’टाइएको थियो । संविधान संशोधन प्रस्ताव पेस गर्ने कार्यसूची हटाएलगत्तै भारतीय मिडियामा ‘भारतका सामु नेपाल झुक्यो’ भन्ने आशयले आत्मरतिपूर्ण समाचार विवरण प्रकाशन तथा प्रसारण भएको थियो ।

केही भारतीय मिडियाले त नेपाली कांग्रेसले केपी ओली नेतृत्वको सरकारलाई नयाँ नक्साबारे साथ दिन अस्वीकार गरेका कारण सरकारले संशोधन प्रस्ताव दर्ता गर्न नसकेको समेत जनाएका थिए । कालापानी, लिपुलेक र लिम्पियाधुरालाई ‘भारतको भूमि’ दावी गरेको छ । नेपाल सरकारद्वारा संसदमा पेश गरिएको संशोधन प्रस्तावमा ती भूभागलाई नेपालमा गाभेको संशोधित नक्सा नेपालको संविधानमा समेट्न खोजिएको उसको जिकिर छ ।

भारतीय अखबार ‘अमर उजाला’ले आफ्नो अनलाइन संस्करणमा नेपाली कांग्रेसका कारण संसदमा पेश गर्न ढि’लाइ भएको संविधान संशोधन विधेयक आइतबार कानुनमन्त्री तुम्बाहाङ्फेले पेश गरेको उल्लेख गरेको छ । शनिबार कांग्रेसले संविधान संशोधन विधेयकलाई समर्थन गर्ने नि’र्णय गरेसँगै आइतबार सरकारले संविधान संशोधन विधेयक पेश गरेको सो अखबारको भनाइ छ ।

‘दैनिक भास्कर’को अनलाइन संस्करणमा पनि आइतबार प्रतिनिधिसभामा पेश गरिएको संविधान संशोधन प्रस्ताव नेपालको संघीय संसदको दुवै सदनमा सहजै पारित हुन सक्ने जनाइएको छ । ‘एबीपी न्यूज’ ले नेपालद्वारा जारी नक्सालाई ‘वि’वादि’त’ संज्ञा दिँदै सो नक्सालाई लिएर संविधान संशोधन गर्न विधेयक पेश गरिएको जनाएको छ । यस्तै ‘नवभारत टाइम्स’ले पनि अनलाइन संस्करणमा नेपालसँगको सम्बन्धलाई अघि बढाउन भारतलाई चु’नौ’ती थपिएको उल्लेख गरेको छ ।

Recent Comments

Top