logo
Advertisement

आमासंगै क्वारेन्टिनमा बसेकी बाजुराकी दुई वर्षीया बालिकाको मृ’,त्यु कोरोनाकै कारण भएको पुष्टि

१८ जेष्ठ २०७७, आईतवार मा प्रकाशित

‘आमासंगै क्वारेन्टिनमा बसेकी बाजुराकी दुई वर्षीया बालिकाको मृ’,त्यु कोरोनाकै कारण भएको पुष्टि’
नेपालमा कोरोना सं,क्रमणका कारण मृ त्यु हुनेको संख्या ८ पुगेको छ । आज मृ,त्यु भएकी बाजुराकी दुई वर्षीया बालिकामा कोरोना भा’इर’स (कोभिड-१९) भएको पुष्टि भएको छ । बूढीगंगा नगरपालिका–१ घर भएका उनी आमाबुबासँगै ८ दिनअघि भारतबाट नेपाल आएका थिइन् ।

भारतबाट फर्किने क्रममा बालिकालाई ज्व’रो आउने, बा’न्ता हुने सम’स्या थियो । नेपाल प्रवेश गरेपछि उनीहरूलाई घुरालसैना माविको क्वारेन्टिनमा राखिएको थियो । क्वारेन्टिनमा रहँदा सामान्य औ’षधि गर्दा पनि सञ्चो नभएपछि १५ गते उनलाई जिल्ला अस्पताल बाजुरामा भ’र्ना गरिएको थियो ।

आइसोलेसनमा उपचार गर्ने क्रममा शनिबार बिहान करिब २ बजेतिर उनको मृ”त्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रुपचन्द्र बिकले बताए । डा. बिकका अनुसार अस्पताल ल्याउँदा नै बालिकामा क’डा निमोनिया थियो । शनिबार बिहान बालिकासँगै आमाबुबाको स्वा’ब संकलन गरेर धनगढी पठाइएको थियो ।

बालिकासँगै उनकी आमाको पनि कोरोना रि’पोर्ट पो’जेटि’भ आएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका निर्देशक डा. गुणराज अवस्थीले जानकारी दिए । बाबुको कोरोना परीक्षण रि.पोर्ट भने ने.गेटिभ आएको छ ।

Recent Comments

Top