logo
Advertisement

हार्दिक श्रद्धाञ्जली : ८० वर्षको उमेरमा जयनन्द चन्द ठकुरीको नि’ध’न

१८ जेष्ठ २०७७, आईतवार मा प्रकाशित

“हार्दिक श्रद्धाञ्जली : ८० वर्षको उमेरमा जयनन्द चन्द ठकुरीको नि’ध’न”
वरिष्ठ कलाकार जयनन्द चन्द ठकुरीको नि’ध’न भएको छ । ८० वर्षको उमेरमा आइतबार बिहान साढे ११ बजे ललितपुर बागडोलस्थित आफ्नै निवासमा कलाकार ठकुरीको नि’ध’न भएको कलाकार संघका अध्यक्ष रबिन्द्र खड्काले जानकारी दिएका छन् । ।

उनको आजै पशुपती स्थित विद्युतीय श’वदा’ह गृहमा अ’न्त्ये’ष्टि गरिने छ । फिल्म जीवन-रेखाबाट अभिनय सुरुवात गरेका वरिष्ठकलाकार ठकुरी प्यारा’लाइसिस रो’गबाट लामो समयदेखि थ’लिएका थिए । सुगर, प्रेसर रोगबाट समेत पि’डि’त उनले फिल्मसँगै थुप्रै टेलिसिरियल र म्युजिक भिडियोमा समेत अभिनय गरेका छन् । उनी पछिल्लो पटक फिल्म भागी-भागी नजाऊमा देखिएका थिए ।

विश्वास, भाग्य रेखा, फेरि भेटौँला, ‘मायालु, युद्ध, लगायतका थुप्रै फिल्ममा अभिनेताको भूमिका निर्वाह गरेका छन् । साथै, कलाकार ठकुरीले भारतीय फिल्म ‘पञ्चओटी’ र पाकिस्तानी एक फिल्ममा समेत अभिनय गरेका छन् । उनका एक छोरी र श्रीमती रहेका छन् । फिल्मीवज परिवार दिवंगत कलाकार ठकुरी प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं ।

Recent Comments

Top