logo
Advertisement

लिपुलेक र कालापानि बिषयमा बोलेकी मनिषाले एमसिसीमा मुख खोलिन् ‘नेपाल र नेपाली जनताको पक्षमा काम गर्नुपर्छ, एमसिसीमा टनकपुरको ग’न्द देख्छु

१८ जेष्ठ २०७७, आईतवार मा प्रकाशित

‘लिपुलेक र कालापानि बिषयमा बोलेकी मनिषाले एमसिसीको बिषयमा मुख खोलिन् नेपाल र नेपाली जनताको पक्षमा काम गर्नु पर्छ, एमसिसीमा टनकपुरको गन्द देख्छु’
अभिनेत्री मनिषा कोइरालाले एमसीसी सम्झौतालाई ध्यान’पूर्वक पढ्न सुझाव दिएकी छन् । अमेरिकी सहयोगको मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) सम्झौता संसदमा विचा’राधीन रहेको बेला पक्ष/विपक्षमा बहस भइरहेको छ ।

यसैबीच अभिनेत्री कोइरालाले सम्झौतालाई ध्यानपूर्वक पढ्न सुझाव दिएकी छन् । साझा पार्टीका प्रवक्ता सूर्यराज आचार्यको एमसीसी सम्बन्धी ट्विटलाई रि–ट्विट गर्दै मनिषाले लेखेकी छन्, ‘हामीले ध्यानपूर्वक पढ्नुपर्दछ । विगतमा हामीले गल्ती गरेका छौं ।

विश्वास छ, हामीले विगतका ग’ल्तीहरूबाट पाठ सिक्छौं । मलाई टनकपुर सन्धिको समयको सम्झना आउँछ ।’ यसअघि अभिनेत्री कोइरालाले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले लिम्पियाधुरा सहितको नेपाली नक्सा पारित भएको विषयमा गरेको ट्विटलाई समर्थन गर्दै रि–ट्विट गर्दा भारतीय मिडियाले आ’लोच’ना गरेका थिए ।

तर, मनिषाको राष्ट्रवादी अभिव्यक्तिको नेपालमा प्रशंसा भएको थियो । पछिल्लो समय विपीकी सन्तती नेपाल र नेपाली जनताको पक्षमा खुलेर बोल्न थालेकी छिन् । सायद उनले अब नेपाली राजनीतिमा पाईला टेक्ने तयारी थाल्दैछिन् । हुनत् यो हल्ला केही बर्ष देखि नेपालमा चल्दै आएको छ ।

Recent Comments

Top