logo
Advertisement

के तपाईलाई महि’नावा’री हुँदा स’हनै नस’क्ने गरि तल्लोपेट दु’ख्छ? पेट दु’ख्दा यसरी घरेलु उप’चार गर्नुस्

१८ जेष्ठ २०७७, आईतवार मा प्रकाशित

महिनावारी हुँदा धेरैलाई खपिनसक्नु पेट दुख्ने, बान्ता आउने, वाकवाकी लाग्ने, ढाड र कम्मर दु’ख्ने, खान मन न’लाग्ने र दैनिक काम गर्न बाधा हुने हुन्छ । यस्तो सम’स्यालाई डि’स्मेनोरिया भनिन्छ । कतिपय अवस्थामा दु’खाई लामो समयसम्म पनि हुन सक्छ । केही महिलाले दु’खाई सहन नसकेर आफूखुसी औषधी से’वन गर्ने गरेको पाइन्छ । यस्तो गर्नु स्वास्थ्यका लागि राम्रो होइन । दुखाई बढी भए पनि चिकित्सकको सल्लाह अनुसार मात्र औषधी सेवन गर्नुपर्छ ।

डि’स्मेनोरिया प्राइमरी र सेकेन्डरी गरी दुई प्रकारको हुन्छ । प्राइमरी डिस्मेनोरियामा महिनावारीको बेलामा तल्लो पेट, कम्मर र ढाड दुख्छ । दुखाई बढ्दै गएमा खुट्टा र टाउँको दुख्ने, वाकवाकी लाग्ने र बान्ता हुने लक्षण देखिन सक्छन् । कसैकसैलाई पखाला पनि लाग्ने पनि हुन्छ । यसका कारणहरुमा कम उमेरमा महिनावारी हुनु, इस्ट्रोजन र प्रोजेस्टेरोन हर्माेनहरुको असन्तुलन हुन् ।

महिनावारी हुँदा पाठेघर खुम्चिने र तन्किने हुनाले तल्लो पेट दुख्छ । महिनावारीमा यौ नाङ्गमा कुनै बाधा आयो अथवा रगत बग्ने यौ न नली साँघुरो भयो भने पनि प्राइमरी डिस्मेनोरियामा हुन सक्दछ । यो वंशानुगत कारणले पनि हुन सक्छ । अत्याधिक मोटा र सुखमय जीवनशैली बिताउने युवतीलाई पनि यस्तो समस्याको सम्भावना बढी हुन्छ ।

सेकेन्डरी डिस्मेनोरिया २० वर्ष माथिको उमेर समूहका महिलालाई हुने गर्छ । यो प्राय विवाहिता महिलामा देखिने समस्या हो । यसका लक्षणहरुमा महिनावारी समयमा नहुनु र हुँदा रगत धेरै बग्नु, यौ न स’म्पर्क गर्दा यौ नाङ्ग दुख्नु, बाँ’झोपना र अत्याधिक सेतो पानी बग्नु आदि हुन् । यस्तो अवस्थामा औषधीको सेवन गर्दा पनि दुखाई कम नहुन सक्छ ।

प्रजनन रोग, अण्डाशय वा अण्डबाहिनी नलीमा समस्या देखिनु, लामो समयसम्म आइयुसीडी तथा कपर टीको प्रयोग, अनियमित औषधीको प्रयोगका कारण पनि यस्तो समस्या आउँछ । डिस्मेनोरिया आफैमा रोग होइन तर अन्य रोगको लक्षण हो । त्यसैले समयमै रोगका पहिचान गरी उपचार तर्फ लाग्नु पर्छ ।

दुखाई कम गर्न घरेलु तरिका : दुध क्याल्सियमको निकै राम्रो स्रोत हो, महिनावारीको पीडालाई कम गर्न एक ग्लास दुध पिउने गर्नुहोस् यसले क्याल्सियमको कमीलाई पुरा गरीदिनेछ र पीडाबाट आराम मिल्नेछ । यदि तपाईलाई दुध मिठो लाग्दैन भने तपाईले क्याल्सियमको चक्की पनि खान सक्नुहुन्छ । महिनावारी भएको बेला मेवा खानाले फाइदा पुराउँछ ।

धेरैपटक महिनावारीको दौरान रक्त प्रवाह सहि तरिकाले हुने गर्दैन जसका कारण अझ पीडा हुने गर्दछ । यस्तो अवस्थामा मेवाको सेवन गर्नाले रक्त प्रवाह ठिक तरिकाले हुने गर्दछ र पीडा पनि कम हुने गर्दछ । गाजरले आँखाको लागि राम्रो गर्ने मात्र नभई महिनावारीको पीडालाई पनि कम गर्ने गर्दछ । स्त्रीरोग विशेषज्ञका अनुसार एक ग्लास गाजरको रस पिउनाले महिनावारी भएको बेला रक्त प्रवाह राम्रो तरिकाले हुने गर्दछ र पीडाबाट पनि राहत मिल्ने गर्दछ । महिनावारीको दौरान एक चम्चा महमा घ्यू कुमारीलाई मिसाएर खानाले भइरहेको पीडालाई कम गर्ने गर्दछ ।

पीडा भइरहेको बेलामा तुलसीको पातलाई चियामा मिसाएर खानुहोस् । तुलसीमा भएको क्याफीड एसिडले महिनावारीको पीडालाई कम गर्न गर्दछ । धेरै पीडा भइरहेको छ भने ७-८ वटा तुलसीको पातलाई आधा कप पानीमा हालेर उमाल्नुहोस् र त्यसलाई छानेर त्यसको पानी पिउनुहोस् । तातो पानीले नुहाउनुहोस्: तातो पानीले नुहाउनाले रक्त प्रवाह राम्रो गरेर पीडा कम हुने गर्दछ ।

एक कप पानीमा अदुवालाई काटेर उमाल्नुहोस् । यदि यसको स्वाद मिठो लागेन भने थोरै नुन पनि हाल्नुहोस् र खाना खाइसकेपछि दिनको तीन चार पटक खाने गर्नुभयो भने पीडाबाट मुक्ति पाइन्छ । हुन त हामीले दिन दिनै व्यायाम गर्नु जरुरी छ तर महिनावारीको पीडा भएको बेलामा व्यायाम अत्यावश्यक कुरा हो ।

उक्त प्रवाहलाई राम्रो गराउन व्यायामको निकै आवश्यकता पर्ने गर्दछ । बिहान हरेक दिन खाली पेटमा ५० ग्राम भिजाएको खजुर खाने पानी पनि लाभदायिक हुन्छ । चुकन्दरको ताजा रस सानो गिलासको ,१ गिलास दैनिक बिहान १ महिना सम्म पिउनाले आइरन क्याल्सियम र अन्य मिनिरलसको मात्रा बढी पाइने हुँदा दुखाई लाई मद्दत पुग्दछ ।

योग तथा प्राकृतिक चिकित्सा : महिनावारीका बेलामा रगत कम देखिएको छ र दुखाई अत्यन्त बढी छ भने निमपानीको तातो कटिस्नान लिनाले तत्काल पिडा कम गर्दछ । यस्तो बेला बिहान र बेलकुा एक हप्ता सम्म २० ३० मिनेट लिनु लाभदायिक हुन्छ ।

उष्णपादस्नान ३८ देखि ४० डिग्री सम्मको तातो पानीमा ग्राम हालेर हरेक दिन विहान र बेलुका आफ्नो दुवै खुट्टा पानीमा डुबाउनु पर्दछ । महिनावारी बन्द भएको तीन दिनपछि बाट महिनावारी सुरु हुनु ३ दिन अगाडि सम्म प्रत्यक दिन तातो कटिस्नान लिनाले, यो रोगबाट पूर्ण रुपमा छुट्कारा पाउन सकिन्छ ।

एनिमा र पेट ,कम्मर मालिस गर्नाले पनि पिडाबाट छुट्कारा पाउन सकिन्छ । नियमित थेरापेटिकल योग ,व्यायाम र सूर्य नमस्कार जस्ता आसन र प्राणयाम गर्नु पर्दछ । लेखक, प्राकृतिक स्वास्थ्य अस्पताल र वेलनेस अस्पतालका विशेषज्ञ डाक्टर हुनुहुन्छ । श्रोत – केन्द्रबिन्दु डटकम बाट ।

Recent Comments

Top