logo
Advertisement

पढ्नुस् ल’कडा’उन खु’कुलो पर्ने तयारीमा रहेको सरकारले जेठ ३२ सम्म ल’कडा’उन किन ल’म्ब्या’यो !

१८ जेष्ठ २०७७, आईतवार मा प्रकाशित

पढ्नुस् ल’कडा’उन खु’कुलो पर्ने तयारीमा रहेको सरकारले जेठ ३२ सम्म ल’कडा’उन किन ल’म्ब्या’यो !
सरकारले चैत ११ गतेदेखि जारी ल’कडा’उनलाई जेठ ३२ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्ले उक्त निर्णय लिएको हो । मन्त्रिपरिषद् बैठकले आन्तरिक तथा बाह्य हवाई उडान पनि असार १६ गतेसम्म बन्द राख्‍ने निर्णय गरेको छ ।

एक मन्त्रीका अनुसार देशमा कोरोना भा’इर’सको सं’क्रम’ण ती’व्र गतिमा फैलिँदै गएपछि सरकारले यस्तो निर्णय लिएको हो । सरकारले पछिल्लो पटक गत ४ जेठको निर्णयानुसार यही जेठ २० गतेसम्मका लागि ल’कडा’उन थपेको थियो । लकडाउनको सुरुमा कोरोना संक्रमित कम थिए। तर, ल’कडा’उन लम्बिँदै जाँदा भारतबाट आएका नागरिकसँगै कोरोना पनि ती’व्र गतिमा फै’लिन थालेको छ । शनिबार मात्रै देशभर कीर्तीमानी २०८ जना नयाँ संक्रमित भेटिएका छन् ।

मन्त्रिपरिषद् बैठकले ल’कडा’उनका कारण तेस्रो देशमा अड्किएका नेपालीहरुलाई ल्याउने कार्यविधि पनि पास गरेको छ । यो कार्यविधि पास गरेसँगै अब तेस्रो देशबाट नेपालीलाई उद्धार गरेर ल्याउने बाटो खुलेको छ । यसअघि शुक्रबार बसेको कोरोना रोक’थाम उच्चस्तरीय समितिको बैठकले विदेशमा अड्किएका नेपालीलाई प्राथिमकताका आधारमा अर्को सातादेखि जहाज पठाएर ल्याउने निर्णय लिएको थियो । उक्त कामका लागि आवश्यक कार्यविधि शनिबारको मन्त्रिपरिषद्‍मा पेश गरिएको थियो । सरकारले अब तेस्रो देशबाट दूतावासमा नाम दर्ता भएका आधारमा नेपालीलाई आवश्यकता अनुसार ल्याउने भएको छ ।

तर, उनीहरुलाई ल्याएर काठमाडौंका होटलमा कम्तीमा १४ दिन क्‍वारेन्टाइनमा राखिने भएको छ । यिनले पाउनेछन् पहिलो प्राथमिकता शुक्रबार बसेको कोरोना रो’कथा’म तथा नि’यन्त्र’ण उच्चस्तरीय समन्वय समितिले नेपाल आउनै पर्ने अवस्थामा रहेका नागरिकलाई स्वदेश फर्काउने निर्णय गरेको थियो । आ’ममा’फी पाएर नेपाल आउन नपाएका, विभिन्‍न भिसामा गएका तर आफन्तको मृ”त्यु भएका कारण का’जकि’रिया गर्न आउनुपर्ने अवस्थाका व्यक्तिलाई फर्काउने नि’र्णय गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण बिडारीले शुक्रबार बताएका थिए ।

यस्तै श्रम करार अवधि सकिएर रोजगारी गु’मा’एका, कोरोनाबाहेक अन्य स्वास्थ्यको दृष्टिकोणले अस्वस्थ रहेका, सुत्केरी तथा गर्भवती महिला, बालबालिका, जेष्ठ नागरिक र अ’पाङ्गता भएका व्यक्तिलाई स्वदेश फर्काइने उनले बताएका थिए । स्वदेश फर्किनका लागि सरकारी सेवामा रही तालिम वा अध्ययनका लागि विदेशमा रहेका नागरिकले सम्बन्धित देशको दूतावासमा आफ्नो विवरण टिपाउनुपर्ने छ ।

सरकरले सम्पूर्ण देशबाट विवरण प्राप्त भएपछि नेपाल वायु सेवा निगम वा नेपालका अन्य वायु सेवा निगमबाट उनीहरुको उद्धार गर्नेछ । सचिव विडारीका अनुसार प्राप्त विवरण परिचान गरी परराष्ट्र मन्त्रालयले त्यसको सूची संस्कृति, पर्यटन तथा नागरिक उड्‍ययन मन्त्रालयलाई दिनेछ । पर्यटन मन्त्रालयले हवाई उडानको व्यवस्था गरेर उनीहरुलाई नेपाल ल्याउने छ ।

Recent Comments

Top