logo
Advertisement

नेपाल मित्र राष्ट्र हो, सम्बन्ध बि’ग्रने खालको समाचार प्रशारण नगर्नु : भारतीय प्रधानमन्त्री मोदी

१७ जेष्ठ २०७७, शनिबार मा प्रकाशित

‘नेपाल मित्र राष्ट्र हो, सम्बन्ध बि’ग्रने खालको समाचार प्रशारण नगर्नु : भारतीय प्रधानमन्त्री मोदी’
नेपाल–भारतबीच सीमा समस्याका कारण सम्बन्ध निकै चि’सिएको छ । खासगरी भारतले पछिल्लो समय नेपालको भूभाग अ’तिक्र’मण गरी मानसरोबर जाने बाटो बनाएर उद्घाटन गरेपश्चात सम्बन्धमा तिक्तता आएको हो । यसअघि भारतले नेपालको भूमी समेटेर नक्सा समेत जारी गरेको थियो । त्यो भन्दा अगाडी ना’काब’न्दी गरेका कारण नेपालमा मोदी र भारत वि’रो’धी अभियान नै चलेको छ ।

मोदीको सरकार बनेपछि नेपालसंगको सम्बन्ध सुध्रिने अपेक्षा गरिएपनि सम्बन्ध त्यसको ठिक वि’परित बनेको छ । खासमा नेपालमा भारत वि’रो’धी माहोल बनाउन भारतीय मिडिया र केहि नेताहरू नै लागि परेका छन् । सीमा वि’वाद बल्झिएपछि वार्तामा बस्न नेपालले पटक-पटक गरेको आग्रहलाई भारतले भने मानेको अवस्था छैन । स’मस्या सुल्झाउन भारतले आ’नका’नी गर्न थालेपछि नेपालले पनि आफ्नो नयाँ राजनीतिक एवं प्रशासनिक नक्सा जारी गरेको छ ।

नयाँ नक्सा जारी गरेपश्चात भारतमा यसले छुट्टै त’रङ्ग नै ल्याएको छ । त्यसैमाथि प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा भारतको व्यहावबारे ख’रो उत्रिएपछी भारतका केहि नेता र धेरै मिडियाको टाउको दु’खाई बनेको छ । मन्त्रि र मिडियाले नेपाल भारत सीमा वि’वा’दको बिषयमा जे पायो त्यहि बोल्ने गरेकाले अहिले माहोल नै बिथोलिएको छ । यसले थप स’ङ्क’ट ल्याउने देखिएपछि मोदी सरकारले नेपाल वि’रो’धी भावना कम गर्न निर्देशन नै जारी गर्नुपर्ने अवस्था सिर्जना भएको छ ।

नेपाल र नेपालीबारे जथाभावी प्रचार गर्ने भारतीय सञ्चारमाध्यम र केहि नेताहरूको रवैयालाई मोदी सरकारले नि’यन्त्रण गर्नको लागि निर्देशन नै जारी गरेको बताइएको छ । पुस्तौं देखिको नेपाल-भारत सम्बन्धमा नै ख’टप’ट हुनेगरी प्रचारबाजी भएपछि मोदीले निर्देशन दिएको बताइएको छ । भारतीय प्रधानमन्त्री मोदीले आफ्ना सञ्चार माध्यमहरु र केहि नेताहरूलाई नेपालसँगको सम्बन्धमा दरार आउने खालका र नेपालबारे अध्ययन नगरिएका ज’थाभा’वी समाचार सम्प्रेषण नगर्न निर्देशन दिएका छन् ।

भारतीय जनता पार्टीका नेतासमेत रहेका मोदीले नेपालवि’रुद्ध आ’क्रम’क रुपमा प्रस्तुत नहुन सञ्चार माध्यम र नेताहरूलाई निर्देशन दिएका हुन् । साथै भाजपाका नेता सांसद सुब्रमण्यम स्वामीले नेपालसँगको सम्बन्ध सुधार्न मोदी सरकारलाई सुझावसमेत दिएका छन् । प्रधानमन्त्री मोदीले विदेश मन्त्रालयका कूटनीतिज्ञलाई नेपाली समकक्षीसँग सभ्य, शिष्ट भाषामा छलफल गर्न निर्देशन दिनुपर्ने नेता स्वामीको सुझाव छ । एजेन्सी ।

Recent Comments

Top