सप्तरीको कञ्चनरुप नगरपालिका–१ वैरवास्थित लक्ष्मीनारायण माविको क्वारेन्टाइनमा बसेकाहरुले सुरक्षार्थ खटिएका एक प्रहरीलाई शनिबार कु’टपि’ट गरी घा’इ’ते बनाएका छन् । क्वारेन्टाइनमा बसेकाहरुसँग भेट्न आएका आफन्तहरुलाई दुरी कायम राखी बस्न भनेपछि क्वारेन्टाइनमा बसेका र उनलाई भेट्न आएकाहरुले मिलेर कु टपि’ट गरेको घा इते प्रहरी कमलेश साहले बताए । ‘क्वारेन्टाइनमा बसेका व्यक्तिसँग चार जना टाँसिएर कुरा गरिरहेको देखि टाढै बस्न भनेर सम्झाउनासाथ उनीहरु मिलेर कु’टपि’ट गरे घा’इते प्रहरी साहले भने ।
आ’क्रम’णमा परेका प्रहरी साहको दाहिने घुँडाको माथिल्लो भाग भाँ’चिएको कञ्चनरुप नगरपालिका स्वास्थ्य शाखाका सहसंयोजक सिनियर अहेव डम्बरप्रसाद गुप्ताले बताए । घा इते साहलाई उपचारार्थ कञ्चनरुपस्थित धर्मेश्वर अस्पताल भर्ना गरिएको छ । कञ्चनरुप नगरपालिकाभित्र बनाइएको विभिन्न क्वारेन्टाइनमा १ सय १४ जना रहेकोमा उक्त क्वारेन्टाइनमा हाल ३१ जना रहेका छन् ।
कोरोना भा’इर’सको सं’क्रम’ण रो’कथा’म र नि’यन्त्रण गर्न एकान्तवासका लागि क्वारेन्टाइनमा सुरक्षित राखे पनि परिवारका सदस्यहरु र साथीहरु आएर क्वारेन्टाइनमा अना’वश्यक भिड’भाड गर्ने गरेको प्रहरीको भनाई छ । क्वारेन्टाइनमा बसेका आ’रोपितहरु हाल क्वारेन्टाइनमै प्रहरी नि’गरानीमा छन् ।
सं’क्रम’ण फै’लिनबाट रोक्न चौबीसै घण्टा ज्या न जो’खि’ममा राखेर काममा खटिएका सुरक्षाकर्मीमाथि गरिएको कुट पिटको घ’टना दुःखद भएको भन्दै इलाका प्रहरी कार्यालय कञ्चनरुपका प्रमुख डिएसपी मकेन्द्रकुमार मिश्रले घ टनामा संलग्नमध्ये बाहिरबाट आएक एक जनालाई प क्राउ गरेको र अरुहरुको खोजी भइरहेको बताए ।
Recent Comments