logo
Advertisement

पढ्नुस् आमिर र रेखाबिच ल’फ’डा परेपछि कहिले फिल्ममा काम गरेनन्

१७ जेष्ठ २०७७, शनिबार मा प्रकाशित

८० र ९० को दशकमा भारतमा आफ्नो अभिनय कला मार्फत च’मत्कार देखाएर चर्चामा आएकी सुन्दरी हुन् रेखा । कैयौँ प्रशंसकहरुको बीचमा रेखाको प्रशंसा बढीरहेको भएता पनि उनले फिल्म छायांकनको सेटमा देखाएको व्यवहारले आमिर खान भने अहिले पनि दुखी छन् ।

भारतीय मिडियाका अनुसार आमिर खानले निकै समय पहिले नै रेखासँग काम गर्ने निर्णय गरेको भएता पनि रेखाले फिल्मको सेटमा देखाएको व्यवहारले आमिरले अहिलेसम्म कुनै फिल्ममा पनि काम गरेनन् । धेरै समय अघि रेखालाई भेटेको भएता पनि आमिरले रेखाले फिल्मको सेटमा देखाउने व्यवहार निकै गहिरो रुपमा अध्ययन गरे र आमिरले उनीसँग काम नगर्ने निष्कर्ष निकाले ।

रेखाको काम गर्ने शैली र सुस्तताका कारण फिल्मको शुट बारम्बार दोहोर्याउनु परेको कारण आमिर हैरान परेको बताइन्छ । यद्यपि, रेखा आफ्नो समयको सुपर स्टार नै हुन् । तर, बलिउडका ‘मिस्टर परफेक्शनिस्ट’ आमिर खानका फिल्महरु अहिले पनि संसिारभर चर्चित बनिरहेका छन् । आमिरका फिल्मको भारतमा जत्तिकै माग चीनमा पनि हुने गरेको छ । – एजेन्सी ।

Recent Comments

Top