logo
Advertisement

फट्याङ्ग्रा आ’तं’क : बर्दियामा फट्याङ्ग्राले बालिनाली स’खा’प पार्यो, स्थानियहरु सलह आयो भनेर ड’रा’उ’न थाले

१७ जेष्ठ २०७७, शनिबार मा प्रकाशित

‘फट्याङ्ग्रा आ’तं’क : बर्दियामा फट्याङ्ग्राले बालिनाली स’खा’प पार्यो स्थानियहरु सलह आयो भनेर ड’रा’उ’न थाले’
नेपालमा सलहको सम्भावित प्रवेश रोक्न पूर्वतयारी चलिरहेका बेला बर्दियाका कृषकलाई भने फट्यांग्राले दुःख दिएको छ । जिल्लाको मधुवन नगरपालिकाका विभिन्न वडाहरुमा फट्यांग्राले बालीनाली स’खा’प बनाएको कृषकहरुले बताएका छन् । मकै, धानको बीउ तथा जुनसुकै खाले हरियो बनस्पतिमा फट्यांग्राको झुण्ड बसेर नष्ट पारिदिएको नगरपालिकाको ४ नम्बर वडाका अध्यक्ष बिन्तिराम थारुले जानकारी दिए ।

‘यी फट्यांग्रा पहिले कतै देखेका थिएनौँ, एक-डेढ महिना भयो नगरपालिकाको विभिन्न वडामा भेटिएका छन्,’ बिन्तिरामले फोनमा भने । आफ्नै वडाका स्थानीयले लगाएको मकैमा सबै पातहरु खाईदिएर घोगा र डाँठ मात्रै बाँकी राखेको उनले बताए । नगरपालिकाको माचर, मधुवन, बाँधर भरीया र बसन्ता लगायतका गाउँमा फट्यांग्राले आतंक मच्चाएको उनको भनाइ छ ।

केही किसानले फट्यांग्रा मार्न वि’षादी प्रयागे गरे पनि सफल नभएको उनी बताउँछन् । ‘वि’षादी हालेपछि म’र्दै’न, बरु उडेर भाग्छ । वि’षा’दीको ग’न्ध उडेपछि फेरि त्यहीँ आएर बस्छन्,’ वडा अध्यक्ष बिन्तिरामले भने । मधुवन नगरपालिकाका मेयर गणेशबहादुर क्षेत्रीले खेतीपातीको हरियाली ना’स गर्ने फट्यांग्राहरु भेटिएको गाउँलेबाट आफूले थाहा पाएको बताए ।

‘बाली स’खा’प पार्‍यो भनेर गु’नासो आएका छन्, मैले नगरको कृषि प्राविधिकलाई बुझ्न पठाएको छु,’ मेयर क्षेत्रीले भने । धानको ब्याड राख्ने समयमा फट्याङ्ग्राले बीउमा ठूलो हानी पुर्‍याएको कृषि ज्ञान केन्द्र गुलरियाले जनाएको छ ।

केन्द्रका कृषि प्रसार अधिकृत ओम प्रकाश शर्माले भने, ‘यो सलह हो कि भनेर मानिसहरु ड’राए’का छन्, तर फट्यांग्रा हो । लकडाउनका कारण हामीले नि’यन्त्रणका लागि काम गर्न सकेका छैनौँ,’ शर्माले भने ।

Recent Comments

Top