‘कोरोना भएकी आमाले जन्मदिने बच्चामा कोरोना सं’क्रम’ण देखिदैन्, तर जो’खि’म उच्च हुन्छ सा’वधा’नी अपनाउनु पर्छ’
भरतपुर अस्पताल काठमाडौंको प्रसुतीगृहपछि सबैभन्दा बढी प्रसुती सेवा प्रदान गर्ने सरकारी अस्पताल हो । सरकारी तथ्यांकअनुसार हरेक वर्ष देशभर करिब चार लाख सुत्केरी हुन्छन्, जसमध्ये वार्षिक साढे १३ हजारले भरतपुर अस्पतालबाट सुरक्षित मातृत्व सेवा लिएका छन् । चितवन र यस वरपरका जिल्लाबाट समेत प्रसुती गराउन भरतपुर अस्पतालमा ल्याउने गरिन्छ ।
अस्पतालका ६ सय शैयामध्ये १२० शैया स्त्री तथा प्रसुती रोग विभागका लागि छुट्टाइएको छ । भरतपुर अस्पतालमा गत वर्ष १३ हजार ५ सय ४५ महिलाहरुले सुरक्षित मातृत्व सेवा लिएका थिए । प्रा.डा. सुनीलमणि पोखरेलले भरतपुर अस्पतालमा प्रसुती विभागको नेतृत्व लिइरहेका छन् । उनी मातहत १३ चिकित्सक, ५ जना रेजिडेन्ट चिकित्सक झण्डै ११५ जनाले काम गरिरहेका छन् ।
अहिले पनि प्रत्यक्ष र अप्रत्यक्षरूपमा दैनिक झण्डै एक सयजना बिरामी हेरिरहेको डा. पोखरेल बताउँछन् । पछिल्लो समय कोरोना महामारी र लकडाउनका कारण गर्भवती एवं सुत्केरीहरुमा जोखिम र चिन्ता बढेको छ । यो अवस्थामा सरकार, स्वास्थ्यसंस्थाहरु र गर्भवती/सुत्केरीहरुले ख्याल गर्नुपर्ने विषयहरु के कस्ता हुन सक्छन् भन्नेबारे आम जनचासो बढेको छ ।
Recent Comments