logo
Advertisement

कोरोना अपडेट : कैलालीको क्वारेन्टाईनमा बसेका ४ दिनदेखि बि’रा’मी युवकलाई अझै अस्पताल लगिएन्

१७ जेष्ठ २०७७, शनिबार मा प्रकाशित

कैलालीको एक क्वारेन्टाइनमा बसेका युवक चार दिन देखि वि’रा’मी भएका छन् । भारतवाट फर्किएका एक युवक कैलालीको लम्कीचुहा नगरपालिका स्थित एक क्वारेन्टाइनमा बसेका छन् । लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा बसेका २६ वर्षका युवा चार दिन देखि वि’रा’मी रहेको स्थानियले बताएका छन् ।

तर, अहिले सम्म उनलाई अस्पताल लगिएको छैन भन्दै स्थानियले विरोध गरेका छन् । क्वारेन्टाइनमा विरामी अवस्थामा अलपत्र पर्दा समेत उपचारका लागि लैजाने ब्यवस्था नहुँदा उनको स्वास्थ्य अवस्था गम्भिर हुँदै गएको छ । चार दिनदेखि हातखुट्टा गल्ने, दुःख्ने, पेट दुःख्ने, वान्ता हुने, टाउको दुःख्ने लगायतको स्वासथ्य समस्या भएको ति युवकले टेलिफोनमा बताएका छन् । उनले आफुलाई अस्पताल लैजान आग्रह समेत गरेका छन् ।

आफ्नो आवाज सरोकारवाला निकायसम्म नपुगेको भन्दै उनले तत्काल उपचारको ब्यवस्थाका लागि सरोकारवाला समक्ष आवाज लगिदिन सञ्चार माध्यमलाई आग्रह गरेका छन् । ती युवकले दुई दिन अघि मात्र लम्कीचुहा अस्पतालका स्वास्थ्यकर्मीको टोलीले सलाईन र केही औषधी दिएपनि स्वास्थ्यमा सुधार नभएको बताएका छन् ।

भारतको कोरोना प्रभावित क्षेत्रवाट फर्किएका उनी त्यस्तो स्वास्थ्य समस्या पनि देखिएपछि डराएका छन् । उनले आफ्नो कोरोना परिक्षण समेत गरिदिन आग्रह गरेका छन् । यता लम्कीचुहा नगरपालिकाले भने बिरामी युवकलाई चिकित्सकको सल्लाह अनुसार औषधी चलाईएको जनाएको छ । नगरपालिकाकी स्वास्थ्य संयोजक जयन्ती विसीले युवकलाई चिकित्सकको सल्लाह अनुसार औषधी दिईएको बताउँदै कोरानोको प्रारम्भिक जाँच प्रविधि आरडिटी टेस्ट गर्ने तयारी भएको बताईन् ।

त्यसका लागि स्वास्थ्य टोली आज नै क्वारेन्टाइन तर्फ गएको पनि बताएकी छन् । प्रारम्भिक जाँच आरडिटी रिपोर्टवाट आउने परिणामका आधारमा उनलाई थप परिक्षण गरिने स्वास्थ्यकर्मीको भनाई छ । बिरामी भएपछि उनलाई अहिले क्वारेन्टाईनमा छुट्टै व्यवस्थापन गरी राखिएको छ ।

Recent Comments

Top