logo
Advertisement

मोदी जी नेपाल प्यारो छिमेकी हो, ना’का’ब’न्दी लगाएर हैन् मिठो बोलेर मन जित्नुस् : भारतीय सांसद स्वामी

१७ जेष्ठ २०७७, शनिबार मा प्रकाशित

‘मोदी जी नेपाल प्यारो छिमेकी हो, ना’का’ब’न्दी लगाएर हैन् मिठो बोलेर मन जित्नुस् : भारतीय सांसद स्वामी’
भारतको राज्य सभाका सासंद तथा भारतीय जनता पार्टीका राष्ट्रिय कार्यपालिका सदस्य सुब्रमनियन स्वामीले विदेश मन्त्रालयका कूटनीतिज्ञहरूले नेपाली समकक्षीसँग मिठो भाषा प्रयोग गर्नु पर्ने बताएका छन् ।

सीमा विवादले नेपाल-भारतको सम्बन्ध बिग्रिएको अवस्थामा शुक्रबार ट्वीट गर्दै स्वामीले प्रधानमन्त्री नरेन्द्र मोदीले विदेश मन्त्रालयका कूटनीतिज्ञहरूलाई नेपाली समकक्षीहरूसँग मिठो भाषा प्रयोग गर्न लगाउनु पर्ने उल्लेख गरेका छन् । ‘प्रधानमन्त्रीले आफ्नो विदेश मन्त्रालयका कूटनीतिज्ञहरूलाई नेपाली समकक्षीहरूसँग मिठो भाषा प्रयोग गर्न भन्नुपर्छ,’ उनले लेखेका छन्,‘ नेपाल हाम्रो रगतको नाता भएको भाइ हो र ऊ कलिलो छ ।

यदि नेपालीहरूले आफूलाई छुट्याइएको महशुस गर्छन् भने हामीले छाती फराकिलो पारेर त्यसलाई बुझ्नुपर्छ र उनीहरूको त्यो भावनालाई शान्त बनाउनु पर्छ ।’लिम्पियाधुरा क्षेत्रमा भारतले एक पक्षीय रूपमा नेपाली भूमिमा सडक बनाएको भन्दै नेपालमा पछिल्लो समय च,र्को वि’रो’ध भएको छ । सरकारले लिम्पियाधुरा र कालापानी क्षेत्र समेटेर नेपालको नयाँ नक्सासमेत जारी गरेको छ । उक्त नक्सा प्रचलनमा ल्याउन संविधानको निशान छाप परिवर्तन गर्न संविधान सं’शोधनको प्रक्रिया सुरू भइसकेको छ ।

नेपालले भारतले सेना राखेको कालापानी क्षेत्र छोड्नु पर्ने र त्यसका लागि कूटनीतिक रूपमा समस्याको समाधान गर्न तयार रहेको बताउँदै आएको छ । भारतले भने कोरोना भा’इर’सको महामारी सकिएपछि मात्र वार्ता हुने बताउँदै आएको छ । यही बेला पूर्वमन्त्री समेत रहेका स्वामीले शुक्रबार यस्तो ट्वीट गरेका हुन् । यसअघि बिहीबार भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले पनि नेपालसँगको सीमा वि’वा’दबारे वार्ता गर्न भारत खुला रहेको बताएका थिए । एजेन्सी ।

Recent Comments

Top