logo
Advertisement

विदेशबाट स्वदेश फर्किने सोचमा हुनुहुन्छ? यसरी नेपाल ल्याउने तयारी, अस्ट्रेलियामा रहेका नेपालीहरुले स्वदेश फर्कन यसो गर्नुस्

१७ जेष्ठ २०७७, शनिबार मा प्रकाशित

कोभिड-१९ विश्वव्यापी स’ङ्क्रम’णको कारणबाट उ’त्पन्न अ’सहज परिस्थितिमा स्वदेश आउनैपर्ने अवस्थामा रहेका नेपाली नागरिकहरूलाई आफ्नो विवरण उपलब्ध गराउन अस्ट्रेलियास्थित नेपाली दुतावासले अनुरोध गरेको छ । तत्काल नेपाल फर्किनुपर्ने अवस्थामा रहेका नेपाली नागरिकहरूलाई आफ्नो विवरण २ जुन २०२० सम्ममा राजदूतावासमा उपलब्ध गराउन दुतावासले अनुरोध गरेको छ ।

विवरण अध्यावधिक भएपश्चात् मात्र नेपाल फिर्ता जाने सम्बन्धमा प्राथमिकता नि’र्धारण गर्न, नेपालसम्मको पहुँच सुनि’श्चित गर्न र नेपाल पुगे पश्चातको क्वारेन्टिन आदिको व्यवस्थापन गर्न सहज र सहयोग पुग्ने भएकोले यथार्थ र सही विवरण उपलब्ध गराइदिनुहुन दुतावासले अनुरोध गरेको छ ।

दुतावासद्वारा जारी सूचना हेर्नुहोस
नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७७/०२/१२ को निर्णयानुसार “कोभिड-१९ विश्वव्यापी स’ङ्क्रम’णको कारणबाट उत्पन्न अस’हज परिस्थितिमा स्वदेश आउनैपर्ने अवस्थामा रहेका नेपाली नागरिकहरूलाई स्वदेश आउन सहजीकरण गर्ने सम्बन्धी आदेश २०७७” जारी भएको सन्दर्भमा कोभिड-१९ म’हामा’रीको परिणामस्वरूप ब’न्दाबन्दीको कारणले नेपाल फर्कन नपाएका र तलत्का नेपाल फर्कनुपर्ने बाध्यतामा रहेका अष्ट्रेलिया र यस राजदूतावासको कार्यक्षेत्र अन्तर्गतका देशहरूमा रहनुभएका नेपाली नागरिकहरूलाई प्राथमिकताको आधारमा नेपाल फर्कने व्यवस्था गर्न लागिएको ब्यहोरा अनुरोध छ ।

तसर्थ, यस प्रयोजनका लागि अध्यावधिक विवरण आवश्यक भएको हुँदा यसअघि दूतावासको फेसबुक पेज, इमेल, इमर्जेन्सि रजिष्ट्रेसन फाराम तथा टेलिफोनमार्फत् नाम टिपाउनुभएका र टिपाउन बाँकी रहेका नेपाल फर्कन चाहनुहुने सम्पूर्ण नेपाली नागरिकहरूले यस राजदूतावासको वेभसाइटमा राखिएको Travel to Nepal फर्म (https://au.nepalembassy.gov.np/registration-form-to-return-back-nepal/) भरी आफ्नो विवरण यही २ जुन २०२० सम्ममा राजदूतावासमा उपलब्ध गराउनुहुन अनुरोध गरिन्छ । विवरण अध्यावधिक भएपश्चात् मात्र नेपाल फिर्ता जाने सम्बन्धमा प्राथमिकता निर्धारण गर्न, नेपालसम्मको पहुँच सुनिश्चित गर्न र नेपाल पुगेपश्चातको क्वारेन्टिन आदिको व्यवस्थापन गर्न सहज र सहयोग पुग्ने भएकोले यथार्थ र सही विवरण उपलब्ध गराइदिनुहुन अनुरोध गरिन्छ । साथै, यस सम्बन्धमा अन्य व्यवस्था र शर्तहरू निम्नानुसार रहेका छन्:

तपशिलः

– नेपाल प्रवेश गर्ने प्रत्येक व्यक्तिले अनिवार्य रूपमा १४ (चौध) दिनसम्म स्थानीय तहको क्वारेन्टिन वा स्थानीय प्रशासनले व्यवस्था गरेको होटल क्वारेन्टिनमा बस्नु पर्नेछ । तत्पश्चात् स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तोकेबमोजिम स्वास्थ्य परीक्षण भएपछि थप ७ दिन अनिवार्य होम क्वारेन्टिनमा समेत बस्नु पर्नेछ ।

– हवाई उडान खर्च, होटल क्वारेन्टिन खर्च, विमानस्थलदेखि क्वारेन्टिनस्थलसम्मको यातायात खर्चलगायतका सम्पूर्ण खर्च व्यक्ति स्वयंले ब्यहोर्नु पर्नेछ । त्यसरी लाग्ने खर्चको विवरण पछि उपलब्ध गराइने छ ।

– स्वदेश फर्कने व्यक्तिले हवाई उडान गर्नुअगाडि कोभिड-१९ सङ्क्रमण नभएको स्वास्थ्य परिक्षण (पि.सी.आर.) रिपोर्ट दूतावासमा पेश गर्नुका साथै आफ्नो साथमा पनि राख्नु पर्नेछ ।

– विदेशबाट जाने प्रत्येक यात्रुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षमा स्वास्थ्य स्वघोषणा फाराम भर्नु पर्नेछ र निजको ज्वरो मापन गरी १००.४ F (एकसय दशमलव चार डिग्री फरेनहाइट) भन्दा बढी ज्वरो आएकालाई सोझै आइसोलेसन कक्षमा र अन्यलाई होल्डिङ सेन्टरमा लगिने छ ।

– नेपाल भित्रिएका प्रत्येक व्यक्तिले आफ्नो मोबाइलमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको “हाम्रो स्वास्थ्य एप” डाउनलोड गरी क्वारेन्टिनमा रहँदाको अवधिको नियमितरूपमा स्वास्थ्य विवरण अध्यावधिक गर्नु पर्नेछ।

– विमानस्थलमा पुगेपश्चात् प्रत्येक यात्रुलाई काडमाडौं चक्रपथ आसपासमा रहेका होल्डिङ सेन्टरमा लगी आवश्यक प्रक्रिया पूरा भएपछि मात्र सम्बन्धित जिल्लामा रहेका क्वारेन्टिनस्थलमा ट्रान्स्फर गरिने छ ।

– नेपाल जाने प्रत्येक व्यक्तिले तोकिएको स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पालना गर्नु पर्नेछ ।

नोटः एअरलाइन्स र उडान तालिकाको सम्बन्धमा पछि जानकारी गराइने छ । तस्बिर -फाइल फोटो

Recent Comments

Top