logo
Advertisement

“देशै रो,यो कोरोनाले” भन्दै सरिताले आवाज उठाईन् नेपालको नक्साको (भिडियो)

१७ जेष्ठ २०७७, शनिबार मा प्रकाशित

संचारकर्मी तथा गायिका सरिता भारतीको नयाँ गीत सर्वजनिक भएको छ । उनले हालै विश्वब्यापी माहामारी फैलाउने कोरोनाले दिएको दु:,ख सम्झिदै नयाँ गीत सार्वजनिक गरेकी हुन् । उनले “देशै रो,यो कोरोनाले” बोलको गीत सार्वजनिक गरेकी छिन् । यस गीतमा सागर प्रधानको शब्द/सङ्गीत रहेको छ । उनले गीतको भिडियो पनि सार्वजनिक गरेकी हुन् ।

यो गीतमा चेतन गोतामे र गायिका सरिता भारतीले सहकार्य गरेका छन् । गायक गोतामे गतवर्ष सम्पन्न गायन सम्बन्धि रियालिटी सो नेपाल लोकस्टारका रनरअप हुन् भने गायिका सरिता ब्युटी न्युज नेपालकी समाचार सँयोजक हुन् । गायिका सरिता, गायक चेतनसँगै गीतमा महेशबिक्रम पाण्डे र पुजा गुरुङको पनि स्वर रहेको छ ।

सार्वजनक गीतको भिडियोमा गायक चेतन र गायिका सरिताले मुख्य अभिनय गरेका छन् । यी गायक गायिकासँगै अन्य २० जना भन्दाबढी कलाकारलाई गीतको भिडियोमा समेटिएको छ । लकडाउनकै बेला यो गीत रेकर्ड गरिएको गायिक सरिताले बताइन् ।
हेर्नुहोस् भिडियो:

Recent Comments

Top