logo
Advertisement

नेपाली सेनाले लगाउंने सम्पुर्ण पोषाक र जुत्ता नेपालमै तयार पार्ने, प्रहरी र सशस्त्रका लागि पनि स्वदेशमै उत्पादन हुने

१६ जेष्ठ २०७७, शुक्रबार मा प्रकाशित

सरकारले सुरक्षाकर्मीले लगाउने पोषाक र जुत्ता स्वदेशमै उत्पादन गर्ने भएको छ । बिहीबार आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले यस्तो घोषणा गरेका हुन् ‘राज्यको सुरक्षामा खतिएका सुरक्षाकर्मीले लगाउन पोषक र जुत्ता स्वदेशमै उत्पादनको व्यवस्था मिलाइने, अर्थमन्त्री खतिवडाले भने । सँगै मन्त्री खतिवडाले कोरोना भाइरसको संक्रमण नियन्त्रण भए लगत्तै आवश्यक स्वास्थ्य सुरक्षा कायम गरी सहज सञ्चालमा ल्याइने छ ।

स्वदेशी उद्योगलाई कर प्रणालीमा प्रोत्साहन गरिने उनको भनाइ छ । एक प्रेदश एक पर्यटकीय गन्तव्यको स्थापना गरिने छ । त्यसका लागि सरकारले एक अर्ब २६ करोड रकम विनियोजन गरेको छ । त्यस्तै सरकारले आगामी आर्थिक वर्षको लागि विदेश भ्रमण, सवारी साधन खरिद, सेमिनार, गोष्ठीलगायतमा बजेट कटौती गरेको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै जोखिम र अत्यावश्यक बाहेक सार्वजनिक र सरकारी सेवामा कार्यरत कर्मचारीको भत्ता समेत खारेज भएको जानकारी दिए । सरकारले प्रशासनिक खर्च कटौती गर्ने भएको छ। विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) रोकथाम र नियन्त्रणका लागि प्रशासनिक खर्च कटौती गरेको हो । सरकारले कार्यालय सञ्चालन, इन्धन, मर्मत, वैदेशिक भ्रमण, सवारी साधन खरिद र मर्मत लगायत खर्चमा बजेट कटौती गरेको हो ।

त्यस्तै सरकारले कर्मचारीलाई प्रोत्साहन रकम उपलब्ध गराउने घोषणा गरेको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले कर्मचारीको प्रोत्साहन रकममा वृद्धि गरिएको जानकारी दिए पनि रकममा भएको बढोत्तरीबारे स्पष्ट गरेनन । उनले सरकारी कर्मचारीका सन्तानलाई शिक्षा र आवासका निम्ति सहुलियतपूर्ण ऋणको व्यवस्था गरिने बताउँदै कर्मचारीलाई रु. एक लाखको कोभिड बीमाको प्रावधान बजेटमा समावेश गरिएको जानकारी दिए ।

कोभिड–१९ को महामारीका कारण उत्पन्न असामान्य अवस्थामा सार्वजनिक भएको आगामी आवको बजेटमा परिस्थितिजन्य प्राथमिकता र आवश्यकतालाई दृष्टिगत गरी तर्जुमा गरिएका कार्यक्रमलाई रकम विनियोजन गरिएको छ भने पर्याप्त स्रोत जुट्ने स्थिति नरहेकाले तलबभत्तालगायत सुविधा वृद्धिको व्यवस्था यो वर्ष हुन नसकेको हो । यसैगरी कोभिड–१९ विरुद्धको लडाइँमा अग्रपङ्तिमा जुटेका कर्मचारीलाई बाहेक अन्यलाई आगामी आवदेखि कुनैपनि किसिमको भत्ता उपलब्ध गराइने छैन ।

Recent Comments

Top