logo
Advertisement

कोरोनाका कारण सरकारी कर्मचारीले लिदैं आएको सम्पूर्ण भत्ता नदिने सरकारको घोषणा

१६ जेष्ठ २०७७, शुक्रबार मा प्रकाशित

सरकारले आर्थिक बर्ष २०७/७७८ को बजेट प्रस्तुत गरेको छ । कोभिड–१९ को अ’सरका कारण सरकारले सार्वजनिक खर्चको चा’प व्यवस्थापन गर्दै सबै प्रकारका भत्ता खारेज गर्ने भएको छ । उक्त भत्ता आगामी साउन १ गतेदेखि लागू हुने गरी खा’रेज गरिएको आबको बजेट प्रस्तुत गर्ने क्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिनुभयो । सरकारले राजश्व सङ्कलनमा आउने स’ङ्कुचन र सार्वजनिक खर्चमा पर्ने थप चा’पलाई व्यवस्थापन गर्न आगामी वर्ष प्रशासनिक खर्चमा मि’तव्ययिता अपनाइने जनाएको छ ।

कार्यालय सञ्चालन, इन्धन, मर्मत, आन्तरिक तथा वैदेशिक भ्रमण, कम प्राथमिकताका गोष्ठी, सेमिनार, परामर्श सहायता, भै’परी आउने खर्च, फर्निचर, सवारी साधान खरिद तथा मर्मतको खर्चमा उल्लेख्य खर्च क’टौती गरिएको बजेटमा उल्लेख छ । कोरोना रो’गको रो’कथामका सन्दर्भमा पहिलो पंक्तिमा रहेर काम गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायतका राष्ट्रसेवकको भत्ता भने क’टौ’ती गरिएको छैन ।

‘त्यसबाहेक अरुलाई प्रदान गर्ने प्रोत्साहन भत्ता अ’तिरिक्त समय भत्ता, बैठक भत्ता, खाना तथा खाजा खर्च जो’खि’म भत्ता लगायतका सबै प्रकारका अन्य भत्ता २०७७ साउन १ देखि खा’रेज गरिएको छ’, अर्थमन्त्री डा. खतिवडाले प्रस्तुत गर्नुभएको बजेटमा उल्लेख छ । यसका लागि सार्वजनिक संस्थान, विश्व विद्यालय, समिति, बोर्ड, प्रतिष्ठान, कोषलगायतका सार्वजनिक निकायमा समेत लागू हुने गरी मि’तव्य’यितासम्बन्धी निर्देशिका जारी गरिने जनाइएको छ ।

यस्तै सरकारले सार्वजनिक खर्च पुनरावलोकन आयोगको सुझावअनुसार कार्य बो’झ र कार्य प्रकृतिका आधारमा आवश्यक न’देखिएका र काममा दोहोरोपना भएका सार्वजनिक निकाय खा’रे’ज गर्ने भएको छ । अ’त्याव’श्यक सेवा बाहेकका सार्वजनिक निकायमा सबै रि’क्त दरबन्दीमा नयाँ नियुक्ति रो’क्का गरिने पनि बजेटमा उल्लेख छ । आधारभूत सेवा प्रदान गर्ने सार्वजनिक निकाय बाहेकका कुनैलाई पनि एक तहबाट अनुदान प्राप्त व्यक्ति वा संस्थालाई अर्काे तहबाट थप अनुदान दिन पाइने छैन ।

Recent Comments

Top