logo
Advertisement

भारतले अ’तिक्र’मित गरेको भु-भाग कालापानिमा पुग्यो नेपाली सोना, यस्तो काम गर्दैछन् सोना

१५ जेष्ठ २०७७, बिहीबार मा प्रकाशित

भारतले नेपाली भूमि मि’चेर सडक निर्माण गरेपछि चर्चामा आएको दार्चुलाको छाङरुमा नेपाली सेनाले पनि टोली पठाएको छ । कालापानी, लिपुलेक क्षेत्रलाई भारतले अतिक्रमण गरेका बेला जंगीअड्डा मौन बसेको भन्दै आ’लोचना हुन थालेपछि सेनाले पनि छाङरुमा फौज पठाएको हो । यसअघि बुधबार सशस्त्र प्रहरी बलले छाङरुमा बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गरिसकेको छ ।

सेनाको अपरेसन विभागका एक जना महासेनानीको नेतृत्वमा सेनाले छाङरुमा टोली पठाएको सैनिक स्रोतले बतायो । छाङरु वि’वादित कालापानी क्षेत्रबाट १२ किलो वरै पर्छ । सेनाले त्यहाँको वस्तुस्थितिबारे रे’की गरेको स्रोतले बतायो । सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले अहिले घाँ’टीबगर भन्ने स्थानमा ४ सय ५० मिटर सडक निर्माण गर्ने गरी टोली गएको बताए ।

पाण्डेले भने, ‘छाङरुदेखि तिंकर भन्ज्याङसम्म ८७ किलोमिटर सडक नेपाली सेनाले बनाउँदैछ । त्यसअघि सर्वसाधारणलाई छाङरुसम्म पुग्न घाँ’टी बगरमा ट्याक खोल्न लागिएको छ ।’ दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले पनि घाँ’टी बगरमा भएको भी’रका कारण पैदल हिँड्न पनि समस्या हुने गरेको बताए । त्यसैले सेनाले ट्रयाक खोल्नेबारे छलफल भएको उनले बताए ।

त्यसअघि सेनाको एउटा टोली वि’वादित क्षेत्रको रे’की गरेर फर्किएको छ । टोलीको निष्कर्षका आधारमा केही दिनमै दार्चुलामा सेनाको फौज परिचालन गरिने जंगीअड्डा स्रोतले बतायो । भविष्यमा सेनाको टोलीले के–के गर्न सक्छ भन्ने विषयमा पनि दार्चुला पुगेको टोलीले अध्ययन गर्ने जनाइएको छ । सेनाको दार्चुलामा उपस्थितिले सशस्त्र प्रहरीलाई पनि सहज हुने अपेक्षा गरिएको छ ।

Recent Comments

Top