logo
Advertisement

भगवान श्री शिवको अदभुत मुर्ति ८ महिनापछि यसरी फेला पर्यो

१५ जेष्ठ २०७७, बिहीबार मा प्रकाशित

नेपाल धर्म संस्कृति, भाषा, भेषभुषाले सजिएको देश । अझ नेपाल वैदिक धर्मको अनुयायी देश । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–५ स्थित विम्रेनी वनको ओढारभित्र रहेको दोमवाङ पोखरी महादेव मन्दिरबाट हराएको मूर्ति आठ महिनापछि फेला परेको छ ।

प्रहरी र स्थानीयको सक्रियतामा खोजतलासपछि सोही वडाको विम्रेनी सामुदायिक वनमा लुकाइछिपाई राखेको अवस्थामा शुक्रबार फेला परेको हो । भेटिएको मूर्तिलाई मन्दिरका पुजारी ङडुप लामाको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।

प्रहरीका अनुसार महादेव मन्दिरमा रहेको शीलाको साँढे (वसाह) गत साउनमा हराएको थियो । मूर्ति हराएपछि स्थानीय र पुजारीले खोजतलासका लागि भदौ ३ गते प्रहरीमा निवेदन दिएपछि खोजतलास शुरु भएको थियो ।

Recent Comments

Top