logo
Advertisement

भारतसंग सीमा बि’वाद भएकै बेला चीनका राष्ट्रपति सीले किन दिए सेनालाई यस्तो आ’देश

१४ जेष्ठ २०७७, बुधबार मा प्रकाशित

यतिबेला नेपाल र भारतको सीमा बि’वादले ठूलै रुप लिरहेको देखिन्छ । भारतको नेपालसंग मात्र हैन् अर्को छिमेकी देश चीनसंग पनि सीमा बि’वादकै कारण स्थीति ख’राब बन्दै गएको छ । चीनका राष्ट्रपति शी जिनपिङले सेनालाई यु’द्धका लागि तयार रहन आदेश दिएका छन् । जिनपिङले मंगलबार सेनाका लागि एक आदेश जारी गर्दै पूरा दृढताका साथ देशको सम्प्रभुताको रक्षा गर्न भनेका छन् ।

जिनपिङले यो आदेश संसद सत्रको क्रममा पिपल्स लिबरेशन आर्मी (पीएलए) र पिपल्स आर्म्ड पुलिस फोर्सको प्रतिनिधिको पूर्ण बैठकमा भाग लिने बेला दिएका हुन् । चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) का महासचिव तथा करिब २० लाख सैनिकका सेना प्रमुख ६६ वर्षीय जिनपिङले सीमामा त,नाव बढिरहेको र थुप्रै देश मिलेर चीनलाई निशाना बनाउन तयारी गरिरहेकोले सेनाले ख,राब स्थितीका लागि तयार रहनुपर्ने बताएका छन् ।

जिनपिङको भनाई उद्धृत गर्दै समाचार एजेन्सी सिन्ह्वाले भनेको छ, ‘सेनाले सबैभन्दा ख,राब स्थितीको कल्पना गरेर, त्यसबारे सोचेर यु’द्धका लागि आफ्नो तयारी र प्रशिक्षणलाई बढाउनुपर्छ र विभिन्न ज’टिल परिस्थितीसँग तुरुन्त र प्रभावकारी तरिकाले जुध्नुपर्छ ।

साथै, पूरा दृढताका साथ राष्ट्रिय सम्प्रभुता, सुरक्षा र विकास सम्बन्धि हितको र’क्षा गर्नुपर्छ ।’ जिनपिङको यो टि’प्पणी लद्दाखमा भारत र चीनबीच करिब २० दिनदेखि जारी गतिरोधको पृष्ठभूमिमा आएको हो । – सिन्ह्वा

Recent Comments

Top