logo
Advertisement

साउदी सरकारले ल्यायो श्रीमतीको नि’गरानी यस्तो अ,,नौठो मोबाईल एप

१४ जेष्ठ २०७७, बुधबार मा प्रकाशित

साउदी सरकारले नै श्रीमतीको निगरानी गर्न एप निर्माण गर्न स्विकृति दिएको छ । अब साउदीका महिला आफ्ना पतिको अनुमति विदा विमानस्थलवाट यात्रा गर्न पाउने छैनन् । विमानस्थलमा पासपोर्ट देखाउनासाथ पतिको साथमा भएको मोवाइलमा त्यसको संकेत जाने छ । आफ्नो श्रीमती कहाँ छ र के गर्दैछ भन्ने जान्न पुरुषको पक्षमा यस्तो एप बनाउने स्वीकृति दिएपछि विश्वका केही महिलावादी संगठनले त्यसको वि रो ध गरेका छन् ।

श्रीमती कहाँ छिन् भन्ने निगरानी गर्न मिल्ने गरी साउदी सरकारले एप्सको विकासको वि रो ध भएको हो । गुगल र एप्पलको प्ले स्टोरमा रहेको अब्सर एपबाट श्रीमतीको निगरानी गर्न मिल्ने साउदी सरकारले जनाएको छ । यो एप प्रयोग गर्दा महिलाले एयरपोर्टमा आफ्नो पासपोर्ट प्रयोग गरेमा यसको जानकारी उनीहरुको पतिलाई जान्छ ।

यदि पतिको स्वीकृति विना श्रीमती कतैको यात्रा गर्न लागेकी हुन् भने उनी त्यहीँ रोकिनेछन् । पुरुषले चाहे आफ्ना पत्नीलाई विमानस्थलमा नै रोक्न सक्ने ब्यवस्था यो एपले दिएको छ । सन् २०१८ मा नै साउदी सरकारको निर्देशन अनुसार यो एप्स बनाइएको हो । लन्च भएलगत्तै यो एप्स १० लाखभन्दा धेरै डाउनलोड गरेका थिए । यसको प्रयोगले आफ्ना पतिको चाहना विपरित कोही पनि महिला विदेश जान सक्दैनन् ।

डिसेम्बर २०१८ मा यो विषयमा सबैभन्दा पहिले निकै चर्चा भयो । जब एक युवतीले घरबाट बाहिर निस्किए लगत्तै उनलाई उनका पतिले रोके । साउदी अरबमा अप्रिल २०१८ मा साइबर क्रा,,इम रोक्नका लागि बनेको नयाँ कानून अनुसार पति–पत्नीले एकअर्काको फोन चेक गर्न सक्दैनन् । यसलाई अ,,,पराधको श्रेणीमा राखिएको छ । एजेन्सी ।

Recent Comments

Top