तीन वर्षदेखिको प्रेमलाई विवाहमा परिणत गर्ने लक्ष्यका साथ जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका २१ वर्षीय नवराज विक र पश्चिमरुकुमको चौरजहारी नगरपालिका–८ सोतीकी १७ वर्षीया मल्ल थरकी युवतीकहाँ पुग्नुभयो । नवराज र उहाँका १९ जना साथी बाटोमा हौसिँदै गएको बताउँछन् । तर, जब युवा सोती पुगे, माहोल एकाएक बिग्रियो । दलित समुदायका नवराज र ठकुरी समुदायकी ती युवतीको ‘जात’ नमिले पनि उनीहरु विवाह ब’न्धनमा बाँ’धिन चाहन्थे ।
तर, नवराजका आमाबाबालाई भने अन्तरजातीय विवाह मन परेको थिएन । छोराले ढिपी गरेपछि हुन्छ भन्ने मुडमा आफूहरु पुगेको अभिभावक बताउँछन् । त्यसैले नवराज शनिबार राति आफ्ना साथीहरुलाई लिएर दुलही ल्याउन सोती गएका थिए । पटक–पटक मानसिकरूपमा त’नाव र शारीरिकरूपमा कु’टपि’ट व्यहोरोका नवराजलाई शनिबार ठूलो सङ्ख्यामा साथी लिएर आउनु भनी युवतीले सल्लाह दिएका कारण सोहीअनुसार १९ साथी लिएर सोती गएका थिए ।
जब उनीहरु घर नजिकै पुग्दा युवतीभन्दा, युवतीकी आमाको नजर युवामा प¥यो । त्यसपछि उहाँले “जति पि’टाइ खाए पनि केही लागेन है, फेरि आइस् आज त मा’रेर फालिन्छ” भन्दै गाउँका मानिसलाई बोलाएपछि युवामाथि कु’टपि’ट शुरु भएको घाइते युवा आशिष विकले बताए । कु’टपि’ट शुरु हुँदै गर्दा आफूहरु भागेर करिब चार किलोमिटर दूरी पार गरेको आशिषको भनाइ छ । ल’खेटी–ल’खेटी भेरी नदीसम्म पु¥याउँदा धेरै साथी घाइते भएको उनको दाबी छ ।
नवराजको शनिबार नै निधन भयो भने ज्यान बचाउन नदीमा हा’म फालेकामध्ये चौरजहारी नगरपालिका–१ टीकाराम सुनार र भेरी नगरपालिका–४ का गणेश बुढाको पानीमै डु’बेर निधन भयो । कु’टाइबाट घाइते भएका युवाले पानीमा पौडिन नसक्दा निधन भएको घाइतेले बताएका छन् । अन्य भेरी नगरपालिकाका सन्दीप विक, लोकेन्द्र सुनार र गोविन्द शाही अहिले पनि बे’पत्ता छन् ।
घाइते युवा सरोज भँडेल भन्छन्, “हामी आधा घण्टासम्म सडकमा दैडिरहेका थियौँ । सडक तेर्सो भएकाले मा’रिने ड’र भएपछि नदीमा हा’मफालेका थियौँ । आफूहरुले नदीमा हा’मफाले पनि ढु’ङ्गामु’ढा गर्न छाडिएन । प्रहरी आएपछि हामीलाई पक्राउ गरेपछि बल्ल हामी सुरक्षित भएको महसुस भयो ।”
Recent Comments