logo
Advertisement

आयोग भन्छ, सत्यतथ्य सार्वनिक होस् भारतीय सुरक्षाकर्मीद्वारा प क्रा उ परेका दुई नेपाली अझै बे प त्ता

१४ जेष्ठ २०७७, बुधबार मा प्रकाशित

राष्ट्रिय मानव अधिकार आयोगले भारतीय सुरक्षाकर्मीबाट प क्रा उ गरी बे..पत्ता पारिएका सीमा क्षेत्रका दुई नेपाली नागरिकको अवस्था वर्षौंदेखि अ,,ज्ञात रहेको पाइएको जनाएको छ । आयोगले स्थलगत अध्ययन गरेर दुवै नेपालीको तत्काल खोजी गरी स्थिति सार्वजनिक गर्न सरकारलाई निर्देशनसमेत दिएको छ । आयोगका सदस्यद्वय मोहना अन्सारी र गोविन्द शर्मा पौड्यालले २०७२ देखि ०७६ सम्म चीन र भारतसित सीमा जोडिएका २८ जिल्लाका नागरिकको अवस्था अध्ययन गरी प्रतिवेदन तयार गरेका हुन् ।

आयोगले प्रतिवेदन सोमबार अनुमोदन गरिसकेको छ । प्रतिवेदनका अनुसार भारतीय सुरक्षाकर्मीले बर्दियाका हर्कबहादुर शाहीलाई २०६७ फागुन र राममिलन लोधलाई २०६९ फागुनमा नियन्त्रणमा लिएका थिए । दुवैको अवस्था अहिलेसम्म सार्वजनिक हुन सकेको छैन । आयोगले भारतसित राजनीतिक तथा कूटनीतिक तहमा सार्थक वार्ता गरी दुवै जनाको स्थिति तत्काल सार्वजनिक गर्न लगाउन र पी डि त परिवारलाई भारतीय सरकारबाट उचित राहत दिलाउन सरकारलाई निर्देशन दिएको छ ।

प्रतिवेदनमा सीमा क्षेत्रमा नेपाली सेना र सशस्त्र प्रहरीको उपस्थिति बढाई भारतीय सुरक्षाकर्मीबाट नेपाली नागरिक प,,क्राउ पर्ने, मा रि ने र बे प त्ता पारिने अवस्था अन्त्य गरी सुरक्षाको पूर्ण प्रत्याभूति दिनसमेत सरकारलाई सिफारिस गरिएको छ । आयोगले सरकारलाई सीमा क्षेत्रमा बसोबास गर्ने नागरिकको मर्यादित जीवन जि उ न पाउने अधिकार सुनिश्चित गर्न भारतसित सार्थक र प्रभावकारी कूटनीतिक पहल अघि बढाउन पनि भनेको छ । बर्दियाको साबिक जमुनी गाविस हाल बढैयाताल गाउँपालिका–१ शान्तिपुरका शाहीलाई भारतीय सुरक्षाकर्मीले २०६७ फागुन ५ मा नेपाल–भारत सीमा स्तम्भ नं. ४१ बाट प क्रा उ गरी बे प त्ता पारेका हुुन् ।

प क्रा उपछि उनलाई भारतको लम्बीपोस्टमा लगिएको थियो । ‘सीमा स्तम्भ नजिक उनी रहरको खेती लगाएको जग्गामा काम गरिरहेका थिए । सीमा क्षेत्रको भारतीय जंगलमा सिकार खेल्न गएका व्यक्तिको खोजी गर्दै भारतीय सीमा सुरक्षा बल (एसएसबी) का तीन जवान मोटरसाइकलमा आए, उनीहरू आउँदा सिकार खेल्न गएका भनिएकाहरू भागिसकेका थिए,’ प्रतिवेदनमा भनिएको छ, ‘एसएसबीका जवानहरूले शाहीलाई ४१ नं. को सीमा स्तम्भ नजिकबाट प क्रा उ गरी कु,,टपिट गरेर घि,सार्दै भारततर्फ लगे ।’

आयोगले प्रतिवेदनमा शाहीको परिवारले सरकारबाट अहिलेसम्म राहत पनि पाउन नसकेको उल्लेख गरेको छ । सरकारले शाहीको खोजी भइरहेको भनेर पी डि त परिवारलाई आश्वस्त पार्न पनि नसकेको आयोगले जनाएको छ । आयोगको प्रतिवदेनअनुसार २०६९ फागुन १३ गते भारतीय जंगलमा दाउरा खोज्न गएका बर्दियाको गुलरिया नगरपालिका–११ का लोध फर्किएनन् । प्रतिवेदनअनुसार भारतको मूर्तिया जाने ठाउँमा ममहितमाता मन्दिर नजिक रेन्जरको नेतृत्वमा आएको भारतीय वनरक्षकले गो,,ली च ला एपछि लोधको अवस्थाबारे केही जानकारी छैन ।

आमा, बाबु, श्रीमती, दुई छोरा, बुहारी, तीन नातिनातिना भएका निजको परिवारले पनि हालसम्म कुनै रा ह त पाउन सकेको छैन । आयोगले भारतीय सीमा बजारमा सामान किन्न जाँदा र फर्कंदा नेपाली नागरिक भारतीय सुरक्षाकर्मीबाट अ,,नाहकमा आ क्र म ण र या त नाको सि;कार हुने र मुद्दा चलाइने घ ट ना भइरहेको उल्लेख गरेको छ ।

Recent Comments

Top