logo
Advertisement

चीन सरकारले भन्यो ‘भारतमा रहेका हाम्रा सम्पूर्ण नागरिक स्वदेश फिर्ता ल्याउछौं’

१३ जेष्ठ २०७७, मंगलवार मा प्रकाशित

यतिबेला विश्व कोरोनासंगको यु,,द्धबाट गुज्रि रहेको छ । यसले ठूला साना कुनै पनि मुलुकलाई छाडेको छैन् । विश्व शक्तीराष्ट्र अमेरिका, बेलायत, फ्रान्स, रुस जस्ता राष्ट् यसको ठूलो मा,,रमा परेका छन् । हाम्रै नेपालमा पनि दिन दिनै कोरोना सं क्र मि तको संख्या बढदो छ । नेपालकै अर्को छिमेकी मुलुक चीनवाट सुरु भएको कोरोना विश्वव्यापी भएको हो । अमेरिका लगायत युरोपियन मुलुक पनि अहिले कोरोनाको च पे टामा छन् ।

भारतमा दिनहुँ हजारौं नागरिक कोरोना सं,,क्रमित भएका छन् । भारतमा दिनहुँ कोरोना संक्रमित बढ्दै जान थालेपछि भारतमा रहेका आफ्ना नागरिकको सुरक्षामा चीनले चासो देखाएको छ । चीन सरकारले भारतमा रहेका आफ्ना नागरिकहरुलाई स्वदेश फिर्ता लाने भएको छ । कोरोनावाट आफ्ना नागरिकलाई सुरक्षित राख्न चीनले यस्तो निर्णय गरेको हो । भारतको नयाँदिल्ली स्थित चिनियाँ दुतावासले सोमबार एक बिज्ञप्ति जारी गर्दै यस्तो जानकारी गराएको छ ।

भारतमा विभिन्न कारणले अड्किएर बसेका आफ्ना नागरिकलाई स्वदेश फिर्ता लाने दुतावासले जनाएको हो । दुतावासले उक्त सुचना वेबसाइटमा समेत राखेको छ । भारतमा रहेका चिनिया नागरिकको बारेमा अहिले डाटा संकलनको काम सुरु भएको छ । भारतमा कतिका संख्यामा चिनियाँ रहेका छन् भन्ने यकिन तथ्याङ्क नभएका कारण चीनले त्यसको तयारी थालेको हो । दुतावासले आफ्नो मुलुक जान चाहने नागरिकलाई आगामी मे २७ सम्ममा सम्पर्क गर्न अनुरोध गरेको छ ।

त्यसपछि चीन सरकारले हवाइ उडान मार्फत स्वदेश लाने जारी बिज्ञप्तिमा जनाइएको छ । यसअघि चीनमा कोरोनाको म हा मा री फैलिएका बेला भारतले पनि आफ्ना ७ सय नागरिकलाई विशेष उडानमार्फत स्वदेश फिर्ता लगेको थियो । जारी बिज्ञप्तिमा स्वदेश फर्किएका नागरिकले १४ दिन क्वारेन्टाइ बस्नुपर्ने र हवाइ टिकटसमेत आँफै वेहोर्नुपर्ने जनाइएको छ । एजेन्सी ।

Recent Comments

Top