logo
Advertisement

हार्दिक श्रद्धाञ्जली : कोरोनाका कारण विश्वमा ११७ नेपालीले ज्या,न गु,,माए, विश्वभर १३ हजारमा सं,,क्रमित

११ जेष्ठ २०७७, आईतवार मा प्रकाशित

विश्वभर म,हामा,रीका रुपमा फैलिएको कोभिड–१९ सं,क्रम,णका कारण शनिबार साँझसम्म निधन हुने नेपाली ११७ पुगेका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार यो साता थप २१ नेपालीले कोरोनाका कारण ज्या,न गु,मा,एका छन् । एनआरएनका अनुसार संयुक्त अरब इमिरेट्समा नौ, साउदी अरबमा पाँच, बेलायत र नेपालमा दुईदुई तथा संयुक्त राज्य अमेरिका, कतार र कुवेतमा एकएक नेपालीको यो साता नि,ध,न भएको हो । एनआरएन स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकानुसार सबैभन्दा बढी बेलायतमा ६५ गैरआवासीय नेपालीको निधन भएको छ । समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार युएइमा १८ नेपालीको नि,ध,न भएको छ ।

त्यस्तै अमेरिकामा कोरोना भाइरसका कारण ज्या,न गु,मा,उनेको संख्या १६ पुगेको छ । यसैगरी साउदी अरबमा सात, नेपालमा तीन तथा कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्डस, बहराइन, स्वीडेन, कतार र कुवेतमा एकएक जनाको निधन भएको एनआरएन, कोभिड –१९, उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले जानकारी दिनुभयो । नि,ध,न हुनेमा ९५ पुरुष र १९ महिला रहेको स्वास्थ्य समितिले जनाएको छ । त्यस्तै ५० देखि ९० वर्ष उमेर समूहमा सबैभन्दा धेरै ५३ प्रतिशतको नि,,धन भएको छ । स्वास्थ्य समितिको तथ्यांकानुसार २३ प्रतिशत ४० देखि ५० वर्ष उमेर समूहका छन् ।

४० वर्षभन्दा कम उमेर समूहमा निधन हुने नेपाली १६ प्रतिशत छन् । बाँकी आठ प्रतिशतको उमेर समूह खुलेको छैन । संयोजक डा सापकोटाका अनुसार नेपालसहित विश्वभर १२ हजार ८२१ गैरआवासीय नेपाली कोरोनाबाट सं,,क्रमित छन् । तीमध्ये मध्यपूर्वमा ७२, अमेरिकामा १३, युरोपमा १० र एशियामा पाँच प्रतिशतमा सं,क्र,,मणमा देखिएको छ । अष्ट्रेलियामा एक प्रतिशतभन्दा कम सं,,क्रमण देखिएको छ भने अफ्रिकी मुलुकमा रहेका नेपालीमा कोरोना संक्रमण नदेखिएको संस्थाले जनाएको छ । सं,क्र,मितमध्ये चार हजारभन्दा बढी नेपाली कोरोना भाइरसबाट मुक्त भएको सापकोटाले जानकारी दिनुभयो ।

अत्यधिक कोरोना प्रभावित देशमध्ये बेलायत र अमेरिकामा गत साताको तुलनामा यो साता संक्रमणको दर निकै कम हुँदै गएको र मध्यपूर्वका देशमा बढ्दै गएको समितिको तथ्यांकले देखाएको छ । स्वास्थ्य समितिका अनुसार कतारमा ६ हजार ९११, अमेरिकामा एक हजार ६ सय, बेलायतमा एक हजार २३०, साउदी अरबमा एक हजार ३६४, नेपालमा ५८५, युएईमा पाँच सय, बहराइनमा ३११, कुवेतमा ८४, मलेसियामा ५५, पोर्चुगलमा ४२, आयरल्याण्डमा २२, स्पेनमा १३, क्यानडामा १८, अष्टे«लियामा १२, माल्दिभ्समा १६, जापानमा १०, बेल्जियममा ६, स्विट्जरल्याण्डमा पाँच, जर्मनी र फिनल्याण्डमा चारचार, साइप्रस र न्युजिल्याण्डमा तीनतीन, माल्टा, हङ्गकङ्ग, पोल्याण्ड र रुसमा दुईदुई तथा म्यानमा, रोमानिया र फ्रान्समा एक नेपालीलाई कोरोना सं,,क्रमण भएको छ ।

यो साता रुस, रोमानिया र भारतका नेपालीमा नयाँ सं,क्रमण देखिएको हो । चीनबाट शुरु भएको कोरोना भा,,इरसविरुद्ध लड्न एनआरएनएले अध्यक्ष कुमार पन्तका संयोजकत्वमा एक उच्चस्तरीय समिति गठन गरेको थियो । संस्थाले स्वास्थ्य, आर्थिक, विद्यार्थी, श्रमिक, महिलालगायत उपसमिति गठन गरी विश्वव्यापी रुपमा आफ्नो सञ्जाललाई कोरोना पीडितका लागि राहत वितरण गर्न परिचालन गरेको संघका महासचिव डा हेमराज शर्माले जानकारी दिनुभयो ।

डा. शर्माका अनुसार कोरोना पीडितका लागि राहत वितरण गर्न ४९ देशमा दुई हजारभन्दा बढी स्वयंसेवक खटाइएको छ । संस्थाले शनिबार साँझसम्म ४० हजाभन्दा बढी गैरआवासीय नेपालीलाई राहत वितरण गरेको छ भने संस्थाबाट ६२ हजारभन्दा बढीले परामर्शसेवा प्राप्त गरेका छन् । संस्थाले स्थापना गरेको कोरोना पीडित राहत कोषमा विभिन्न राष्ट्रिय समितिबाट रु आठ करोड संकलन गरिएको संस्थाका कोषाध्यक्ष महेश श्रेष्ठले जानकारी दिनुभयो । संस्थाले यसअघि १० देशका नेपालीलाई राहतस्वरुप आर्थिक सहयोग गरेका थियो । एजेन्सीको सहयोगमा ।

Recent Comments

Top