logo
Advertisement

काग्रेस र जसपाका मुख्य नेताहरु भारतिय दुतावास धाउन थालेको काठमाण्डौंमा हल्ला चल्न थाल्यो ?

१० जेष्ठ २०७७, शनिबार मा प्रकाशित

नेपालले नयां नक्सा सार्वजनिक गरेपछि शुर भएको नेपाल भारत बि,वादले कस्तो रुप लिन्छ भन्ने यकिनसथ भन्न सकिने अवस्था छैन् । भारतले अ,तिक्र,मण गरेको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटेर नेपालले नँया नक्सा जारी गरेपछि भारतिय पक्ष जस्तै केही नेपाली नेताहरु पनि छटपटाउन थालेका छन् ।

र, उनीहर भारतिय दूतावास छिर्न थालेका छन् । त्यसरी दूतावास छिर्ने मदेशी नेताहरुमध्येका पछिल्ला पात्र नेपाली कांग्रेसका सांसद सांसद डा। अमरेश कुमार सिंह हुन । उनी शुक्रबार साँझ साढे पाचँ बजेपछी भारतीय दूतावास भित्र छिरेका थिए । र, उनी पौने सात बजे पछि मात्रै त्यहाँवाट वाहिरिएका हुन ।

उनले भारतीय राजदूत विनय मोहन क्वात्रासँग सवा दुई घण्टा गोप्य वार्ता गरेका थिए । त्यसैगरी जनता समाजवादी दलका नेता महेन्द्रराय यादव गत ६ गते मंगलबार दिउँसै दूतावास छिरेका थिए । त्यसदिन सरकारको निति तथा कार्यक्रम माथि उठेको प्रश्नको प्रधानमन्त्री केपी ओलीले संसदमा जवाफ दिएका थिए ।

सरकारको नीति तथा कार्यक्रममा स्रसोधन प्रस्ताव राख्ने मध्येका उनी पनि एक थिए । संसदले उनको संसोधन प्रस्ताव अस्वीकृत गरेपछि दूतावास छिर्ने पहिलो मद्येशी नेता थिए । उनले राजदूत क्वात्रासँग वार्ता गरेको भोली पल्ट सोही पाटिकी सांसद सरिता गिरी दूतावास छिरेकी थिइन ।

गत ७ गते दूतावास बाट सांसद गिरी फर्किएपछि नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि दूतावास छिरेका थिए । उनले पनि साजदूतसँग गोप्य वार्ता गरेर फर्किएका थिए ।

Recent Comments

Top