logo
Advertisement

तपाईलाई थाहा छ, ७५ लाख भारुको मंगलशुत्र अभिनेत्री दिपिका पादुकोण लगाउछिन्

१० जेष्ठ २०७७, शनिबार मा प्रकाशित

ओम शान्ति ओमबाट बलिउडमा डेब्यु गरेकी चर्चित नायिका हुन् दिपिका पादुकोण । उनि ओम शान्ति ओममा सारुख खान संग अभिनय गदै बलिउडमा डेब्यु गरेकी हुन् ।उनको त्योे अभिनयलाई अत्यन्तै रुचाइएको थियो । अभिनयमा पोक्थ दिपिका अहिले मात्र नभई बाल्यकालमा पनि उतिकै सुन्दरी थिइन् । दिपिकाले बलिउडमा दर्जनौ फिल्ममा अभिनय गरेकी छिन् ।

उनि फिल्म क्षेत्रमा मात्र नभइृ सामाजिक संजालमा पनि उतिकै सक्रिय रहेकी छिन् । उनि केहि समय पहिला प्रेमि रणविर सिंह संग विवाह वन्धनमा वाधिएकी हुन । बेलाबेलामा उनका तस्विर सामानिक संजालमा भाइरल हुने गर्दछन् । हालै भने बलिउडमा उनले लगाएको मंगलशुत्रको चर्चा चलिरहेको छ ।

उनले हरेक सामान मंहगो नै रोज्जे गर्दछिन् । उनि बलिउडकी एक मंहगि नायिका भनेर पनि चिनिने गरिन्छ । तर, उनले लगाएको मंगलशुत्रको मुल्य सुनदा जो कोहि छक पर्दछ । वास्तबमा उनले लगाएको मंगलशुत्रको मूल्य ७५ लाख परेको छ । प्राय उनि महंगो सामानका कारण पनि चर्चामा छिन् । एजेन्सी ।

Recent Comments

Top