logo
Advertisement

कोरोना अपडेट : आज मात्रै ६८ जनामा सं,क्र*मि,त भेटिए, यसकारण कोरोना नेपालमा पनि भ*या^भ,ह बन्यो

१० जेष्ठ २०७७, शनिबार मा प्रकाशित

नेपालमा आज फेरी थप ३६ जनामा कोरोना भाइरस ९कोभिड–१९० को संक्रमण पुष्टि भएको छ । आज बिहान मात्रै ३२ जनामा कोरोना पोजिटिभ पुष्टि भएको भएता पनि अपराह्न्नमा पनि थप ३६ जनामा कोरोना भाइरस ९कोभिड–१९० को संक्रमण पुष्टि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परीक्षणमा कपिलवस्तुमा ८ जना, सर्लाहीमा १३ जना र काठमाडौको ३५ वर्षीय पुरुषमा कोरोना भाइरस पोजिटिभ देखिएको जानकारी दिए । आज संक्रमण भएकामा कपिलवस्तुमा ८ जना, सर्लाहीमा १३ जना र काठमाडौको ३५ वर्षीय पुरुषमा कोरोना भाइरस पोजिटिभ देखिएको हो ।

परीक्षणमा कपिलवस्तु वाणगंगा नगरपालिकाका १७, १९, २२, २९, ३५, ४०, ४२ वर्षीय पुरुष र २७ वर्षीय महिलामा, सर्लाही जिल्लाको गोडैता, कविलासी नगरपालिकाका १८, २०, २०, २०, २१, २२, २३, २६, २६, २८, ३३, ३५, ३५ वर्षीय पुरुष र बारा करैयामाइ गाउँपालिकाकी ३७ वर्षीया महिलामा कोरोना पोजिटिभ देखिएको प्रवक्ता डा. विकास देवकोटाले बताए ।

त्यसैगरी प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, भैरहवामा गरिएको परीक्षणमा ८ जनामा कोरोना पुष्टि भएको छ। रुपन्देही जिल्लाको गैडहवा र रोहिणी गाउँपालिकाका २०, २०, २४, २४, २७, ३०, ३० र ५५ वर्षीय पुरुषमा कोरोना पोजिटिभ देखिएको हो । आज देशभर गरेर ६८ जनामा संक्रमण हुँदा देशभर संक्रमितको संख्या ५८४ पुगेको छ ।

Recent Comments

Top