logo
Advertisement

नेपाली युवक अनिल चौधरीलाई यसरी कतारमा पहिलोपटक क,ठो*र स*जा,य दिईयो

१० जेष्ठ २०७७, शनिबार मा प्रकाशित

कतारमा पहिलो पटक नेपालीलाई मृ त्युद ण्ड दिइएको छ । कतारी नागरिक उमैर मोहम्मद उमैर अल रमाजानी अल नुयमीको ह’त्या गरेको ठहर गर्दै महोत्तरीको औराही १ का अनिल चौधरीलाई यो सजाय दिइएको हो । अभियोगमा २०१७ अप्रिलमा पक्राउ परेका चौधरीले अल नुएमीलाई ह त्या गरेको ठहर भएको थियो ।

चौधरीलाई माफी दिनको लागि पीडित परिवारले अस्वीकार गरेको थियो । सन् २०१५ मा कतार गएका चौधरी कार धुने कम्पनीका सामान्य मजदुर थिए । सजाय कार्यान्वयन गर्नु एकदिन अघि कतारले नेपाली दूतावासलाई यसबारे जानकारी दिइएको थियो । चौधरीको शवलाई स्थानीय अस्पतालमा राखिएको र नेपाल पठाउन कतारी प्रशासनले अनुमति दिइसकेको बताईएको छ । २३ वर्षीय अनिल घर फर्किन एक वर्ष मात्र बाँकी थियो ।

तर, घर फर्किनु एक वर्षअघि नै उनी कतारी जेलमा परे । कतारी नागरिक अल नियमियोको ह त्या गरी पैसा लु टेको आरोपमा त्यहाँको अदालतले उनलाई यो सजाय दिने फैसला सुनाएको थियो । अनिललाई सजाय सुनाइनुअघि सामान्य झ गडा हुँदा जेल परेको परिवारको अनुमान थियो ।

जेलमै रहँदा पनि अनिलले आफ्ना बुबाआमासँग कुराकानी गर्थे । आफूले केही नगरेको र जेलमा अनुसन्धानका लागि ल्याएको उनले घरमा भन्ने गरेका थिए । त्यसैले बुबाआमा चित्त बुझाएका पनि थिए । छोरा जेलबाट छुटेर घर आउने उनीहरूको आशा थियो ।

Recent Comments

Top