logo
Advertisement

काठमाण्डौं दिल्ली कालापानि भुमिका लागि ल,डि,र*हदा मधेश तराईको जनता के भन्छन् ?

१० जेष्ठ २०७७, शनिबार मा प्रकाशित

नेपालले छुटेको आफ्नो भुमि समेटेर नयां नक्सा सार्वजनिक भउसंगै आ नेपाली एकताबद्ध भएका छन् । भारतिय मिडिया जसरी नेपाल र नेपाली बिरुद्ध खनिएको समयमा नेपालीहरु पनि आफ्नो भुमि रक्षा गर्नका निमित्त एकजट भएको छ । यहीबीच देशमा सीमा विवादको कुरा उठ्नासाथ मधेश सामुन्ने आउँछ । देशको झण्डै आधाजस्तो सीमा तराई–मधेसमा पर्दछ ।

बसोबास र खेती भएको क्षेत्र दक्षिण सीमावर्ती क्षेत्रमै पर्ने भएकैले सीमा अतिक्रमणको अधिकांश मुद्दामा मधेसको चर्चा हुने गर्दछ । नेपालको दक्षिण भूभागमा अवस्थित मधेशी जनताले आफूलाई सीमा रक्षकको रुपमा पनि बेलाबेला परिचय दिने गरेका छन् । भारतसँग सबभन्दा नजिकको रोटी७लमबकजसबेटीको सम्बन्ध तिनै मधेशी समुदायको छ भने सबभन्दा बढी खुल्ला सीमाका कारण दुःख पाउने पनि त्यही समुदाय हुन् । यहाँसम्म कि सीमा क्षेत्रमा भारतका तर्फबाट जमिन अतिक्रमण हुँदा सबभन्दा बढी पीडामा मधेश नै पर्ने गरेको छ ।

भारतले सीमा क्षेत्रमा बनाउने बाँधका कारण सबभन्दा पहिले मधेसको भूभाग डुब्ने गरेको छ, जसले गर्दा वार्षिक अर्बौंको क्षति हुने गरेको छ । सीमामा ओहोरदोहोर गर्दा भारतीय सुरक्षाकर्मीबाट हप्की दप्की, गाली र कुटाइ खाने मधेशी नै हुन्छन् । तै पनि राष्ट्रियताको विषयलाई लिएर मधेसीमाथि शंका गर्ने गरेको जानकारहरु बताउँछन् । यतिबेला राष्ट्रिय एकताको मुद्दा उठेको छ । कालापानी, लिम्पियाधुरा, लिपुलेक लगायतका भारतद्वारा अतिक्रमित भूमिलाई समेटेर नेपालले नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा जारी गरेको छ ।

सरकारले जारी गरेको नयाँ नक्साका बारेमा मधेसीले आफ्नो धारणा स्पष्ट गर्नुपर्ने बेला आइसकेको छ । चाहे त्यो राजनीतिक रुपमा होस् या सामाजिक रुपमा होस्, आफ्नो धारणा स्पष्ट गर्ने बेला आइसकेको जानकारहरु बताउँछन् । यसअघि भारतको संस्थापक पक्ष र मधेसबीच मौन सम्बन्ध थियो । मधेश आन्दोलन हुँदा जब राज्यले दमन गर्न थाल्यो, अनि मधेसको साथमा भारत उभिएको थियो ।

अहिले नेपाल र भारतबीच सीमा विवाद भएको अवस्था छ, अब मधेसले के गर्छ त रु रातोपाटीले यसै विषयमा केन्द्रित रहेर केही खोतल्ने प्रयास गरेको छ । सरकारले हालै सार्वजनिक गरेको नक्साका कारण सबैभन्दा बढी मधेशी जनता खुशी रहेको जानकारहरु बताउँछन् । उनीहरुका अनुसार जग्गा जमिनको सबैभन्दा बढी विवाद मधेशमा हुन्छ, आफ्नो जग्गा खोसिँदा कति पीडा हुन्छ, त्यसको भुक्तभोगी पनि मधेशी जनता नै बढी हुन्छन् । तस्बिर : मात्रिका पौडेलको ट्वीटरबाट साभार

Recent Comments

Top