logo
Advertisement

तपाईलाई थाहा छ, सलमान खान यी अभिनेत्रीको घरमा पुगेर धरधacरी रु,नथाले…

९ जेष्ठ २०७७, शुक्रबार मा प्रकाशित

बलिउड सुपर स्टार सलमान खानको अभिनेत्री शिल्पा शेट्टीसँग कस्तो सम्बन्ध थियो रु आज पनि उत्तिकै चासो राखिन्छ । यसबारे पहिलोपटक शिल्पाले आफ्नो कुरा सार्वजनिक गरेकी छन् । धेरैवटा फिल्ममा सँगै काम गरेका उनीहरुबीच प्रेम सम्बन्ध रहेको चर्चा चलेको थियो । यसबारे शिल्पाले अहिले आएर आफ्नो कुरा सार्वजनिक गरेकी हुन् । शिल्पाकाअनुसार सलमान निकै मिल्ने पारिवारीक साथी हुन् ।

उनले भनिन्, ‘म र सलमान राम्रो पारिवारीक साथी हौँ । म कहिल्यै पनि सलमानसँग डेटमा गएकी छैन । सलमान धेरै राम्रो व्यक्ति हुन् ।’ बुवाको मृत्यु पश्चात आफ्नो घरमा सलमान आएको क्षण सम्झँदै शिल्पाले भनिन्, ‘मलाई राम्रोसँग याद छ कि जब सलमान मध्यरातमा मेरो घरमा आउँथे तब उनी मेरो बुवासँग बस्थे ।

दुवैजना एकसाथ बसेर रमाइलो कुराकानी गर्थे र कहिलेकाँही एकदुई पेग पनि शेयर गर्थे । जब मेरो बुवाको निधन भयो, त्यसपछि एकपटक फेरि सलमान मेरो घर आए र सिधै त्यही टेबलमा गए । र उक्त बार टेबलमा शिर राखेर रुन थाले ।’ आज पनि सलमानसँग राम्रो सम्बन्ध रहेको उनले जानकारी दिइन् ।

Recent Comments

Top